काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने भएको छ।
सबैलाई बिरोध गर्ने हक अधिकार भएको तर बिरोधको बहानामा शिक्षकहरुले आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि अर्थमा क्षम्य नहुँने भन्दै आन्दोलनका नाममा विद्यालय बन्द गरिए नियमानुसार कारबाही हुने भनि सूचना प्रकाशन गरेको छ ।
शिक्षा क्षेत्रको सुधारको लागी महानगरपालिकाले बिबिध कार्यक्रम समेत ल्याएको र सरकारले त्रैमासिक बितरण गर्दै आएको तलब समेत मासिक रुपमा दिन शुरु गरेको थियो । शुक्रबार किताब बोक्नु नपर्ने लगाएत थुप्रै नयाँ सोच अगाडी सारेको साथै निजि स्कुलका शिक्षकलाई समेत स्केल अनुसार तलब दिन उर्दी जारी गरेको महानगरपालिकाको यो निर्णय आए संगै शिककहरुले सामाजिक संजालमा बालेनको बिरोध शुरु गरेको छन् ।

यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो। विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने सम्मको चेतावनी दिएको थियो।














https://m.facebook.com/story.php?story_fbid=pfbid0MtoPWzfXzkJ1k2jg5JmLEvaWzZueJcYsvzMVwpeDbRPxG71sSmQFxBJ3VbLXpmTCl&id=100072236854396&mibextid=Nif5oz