दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघले शुक्लागण्डकी महोत्सव–२०७९ को अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
पालिका स्तरमा रहेको खेलाडीको संरक्षण गरि राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको महोत्सवका खेलकुद संयोजक प्रेम श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ५० हजार, द्धितीय हुने समुहले १ लाख, तृतीय हुने समुहले २५ हजार र सान्त्वना हुने समुहले १५हजार साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार साथै बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट डिफेन्डर, बेष्ट ब्लकर, बेष्ट सर्भर र बेष्ट कोचलाई नगद २ हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
शुक्लागण्डकी महोत्सव फागुन १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त अवधिमा फागुन २३ गतेदेखि भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।