दुलेगौडा । तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागि खेलाडी एवं प्रशिक्षक र शिक्षकहरुलाई शुक्लागण्डकी नगरपालिकाले सम्मान गरेको छ ।
सोमबार एक कार्यक्रम आयोजना गरी खेलमा सहभागि भई स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई क्रमश रु ५ हजार, ३ हजार र २ हजार (कर समेत) नगद पुरस्कार सहित सम्मान गरिएको हो ।