दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा प्रगतिशील साहित्यका एवम् पत्रकार कृष्ण सेन `इच्छुक´ काे २६ ओैं स्मृति दिवस मनाइएको छ । प्रेस सेन्टर नेपाल, तनहुँले इच्छुककाे याेगदानलाई सम्झना गर्दै स्मृति दिवस मनाएको हाे ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुमबहादुर विक (राजु)ले `इच्छुक´ सबै नेपाली नागरिकको साझा व्यक्ति र आदर्श नायक रहेकाे बताए । इच्छुक हरेक समय र परिस्थितिमा विश्वास,आस्था, बलिदान, वृत्त र आदर्शकाे नायककाे रूपमा रहेकाे उनकाे भनाइ छ ।
वि.सं. २०१३ साल कार्तिक ३ गते भारतकाे देहेरादुनमा जन्मिए पनि नेपाली भूमिमा उनले तत्कालीन समयमा पञ्चायत र जनयुद्धमा परिवर्तनका निम्ति विद्रोहकाे वाणी फुकेका थिए । वि.सं. २०५९ जेठ ६ गते उनले वीरगति प्राप्त गरे ।
प्रेस सेन्टर नेपाल तनहुँका अध्यक्ष अस्मिता खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेन्टरका उपाध्यक्ष अशेक विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सेन्टरका सचिव विनाेद ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेका थिए ।