दमौली । तनहुँ जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी शुक्लागण्डकीले हात पारेको छ ।
फागुन ३ र ४ गते दमौलीमा सम्पन्न भएको प्रतियोगितामा कुल ८ स्वर्ण, ६ रजत र ४ कास्य पदक सहित सहित शुक्लागण्डकी नगरपालिकाले रनिङ शिल्ड प्रतियोगिताको उपाधी हात पार्न सफल भएको हो । योसंगै शुकलागण्डकी नगरपालिकाले पहिलो पटक जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात पारेको छ ।
प्रतियोगितामा व्यास नगरपालिका उपविजेता बनेको छ । प्रतियोगिता अवधिभर व्यासले ८ स्वर्ण, ५ रजत र ७ कास्य पदक हात पारेको छ । यसैगरी प्रतियोगितामा तृतीय भएको बन्दिपुर गाउँपालिकाले ३ स्वर्ण र २ रजत पदक हात पारेको छ ।
शनिबारदेखी सुरु भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र कराते लगायतका खेलमा प्रतिस्पर्धा गराइएको थियो ।