दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ जरेबरमा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बैशाख पूर्णीमाको अवसर पारी जनसेवा युवा क्लबले जरेबर मेला शुद्ध गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।
स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य साथ भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका अध्यक्ष प्रेम महतले बताए । उनका अनुसार युवाहरुलाई अनुशासित बनाउदै सभ्य समाज निर्माणमा युवाको महत्व दर्शाउन यस्ता कार्यक्रम गरिएको बताए ।
भलिबल प्रतियोगिताको विजेताले नगद ४० हजार, उपविजेताले नगद २५ हजार र तृतीय हुनेले नगद १५ हजार साथमा प्रमाणपत्र प्राप्त गर्ने भएको छ । साथै विधागततर्फ बेष्ट स्पाइकर, बेष्ट सेटर, बेष्ट ब्लकर, बेष्ट डिफेनडर र म्यान अफ दि म्याचलाई उचित पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका खेल संयोजक सुबास महतले जानकारी दिए । प्रतियोगिता चैतको २५ गतेदेखि ३० गतेसम्म जरेबरमा हुने भएको छ ।