ढोरफिर्दी । पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी खेल मैदान अध्ययन गर्नका राखेपको टोलि शुक्लागण्डकी नगरपालिकाको गणपति खेलकुद मैदानको अध्ययन अबलोकनको लागी आएको छ ।
बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङको नेतृत्वमा आएको प्राबिधिक र खेलाडी समेतको टोलिले नगर राष्ट्रिय प्रतियोगितमामा संचालन हुने खेलहरु मध्ये केहि प्रतियोगिता शुक्लागण्डकी नगरपालिकामा पनि सन्चालन गर्नका लागी सम्भाव्यता अध्ययन गर्नका लागी आएको हो । टोलीले शुक्लागण्डकी ८ स्थित गणपति मैदानको निरिक्षण गरेको छ भने उक्त स्थानमा क्रिकेट प्रतियोगिताको लागी सम्भावना रहेको सदस्य गुरुङले बताए ।
उक्त टोलीलाई मैदानको निरीक्षणमा जानु भएका नगर प्रमुख कृष्णराज पण्डितले यो ऐतिहासिक अवसरलाई नगरपालिकाले सहयोग गर्न तत्पर रहेको र नगरपालिकाले आवश्यक सहयोग समेत गर्ने बताउनु भयो । उहाँले खेलकुदको माध्यमबाट नगरको परिहान हुने गरि राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल यस नगरपालिकामा हुन् सकेको खण्डमा समग्र नगरवासीको प्रतिष्ठा बढ्नुको साथै स्थानीय खेलाडीमा हौसला बढ्ने बताउनु भयो । खेल मैदान अध्ययनको लागी आएको टोलिसंग कुराकानी गर्दै नगर उप प्रमुख खुम बहादुर बिकले राखेपले प्रतियोगिताको लागी मैदानको एकिन गरेको खण्डमा नगरले आवश्यक तयारी र सहयोग गर्ने बताउनु भयो ।