• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home विचार

एकादशीको ब्रतको बैज्ञानिक महत्व

सम्पादक by सम्पादक
July 10, 2022
in विचार
A A
1
एकादशीको ब्रतको बैज्ञानिक महत्व
Share on FacebookShare on TwitterEmail this

 भगवान विष्णु प्रकृतिका पोषणकर्ता हुन । पौराणिक निर्देशन अनुसार हरिशयनी एकादशीबाट शुरू हुने चातुर्मासमा भगवान श्री हरि विष्णु योगनिद्रामा जानुको अर्थ यस पृथ्वीका समस्त पौष्टिक तत्वहरु अर्थात देवतत्वहरु अत्यधिक बर्षाको कारण बगेर खोलानाला मार्फत भगवान श्रीविष्णुको रुपमा क्षीरसागरसम्म पुग्ने हुँदा चार महिनाको लागि त्यो पौष्टिकतत्व सुते सरह ठानिएको हो । यो क्रम निरन्तर चार महीनासम्म चलिरहने भएकोले चतुर्मासा भनिएको हो ।

यस दिन भगवान विष्णु सुसुप्ति अवस्थामा जान्छन र शरद ऋतुद्वारा वातावरणमा पुन: भित्रिन पुग्ने भएकोले र कैवल्योपनिषदले विष्णु शब्दको औचित्य प्रष्ट्याऊँदै भन्दछ – ” वेवेष्टि व्यप्रोति चराचरम् जगत स विष्णु: ” अर्थात सम्पूर्ण जगतमा चर र अचर रूपमा ब्याप्त रहने परमात्माको पुष्टि स्वरुपनै विष्णु हो । वैदिक वाङ्गमय अनुसार तिनै विष्णु आदिदेव सूर्य हुन । तिनको स्वरूप बाह्र ओटा छन् । उनको अन्तिम स्वरुपलाई नै हाम्रो बैदिक वाङ्गमयले बिष्णु भनि चिह्नाएको छ । त्यसैले सूर्यलाई यस संसारको आत्मा भनिएको हो । हरि, विष्णु, इंद्र आदि नामहरु सूर्यको पर्याय नाम हुन ।

यो चतुर्मासा अवधिमा हाम्रा सामाजिक कृत्यहरु सुते सरह ठानिञ्छन , विवाहा जस्ता मांगलिक कार्यहरु बन्द हुञ्छन । ४ महिना पछि भगवान भाष्कर अर्थात सूर्यदेव आफ्नो नीच राशी तुलामा पुगेपछि, प्राणीहरुमा नानाविध व्याधी कमहुन पुगि पुण्यतातिर लम्किने वातावरण आउने , मानवजातिलाई सामाजिक कृत्यतिर प्रेरित गर्न यस ब्रह्माण्डको पौष्टिक तत्वहरु कार्तिक शुक्ल एकादशी देखि पुनः जागृत भई त्यो सुसुप्त श्रृष्टिमा पुनः प्राण सञ्चार हुन आउने हुंदा सामाजिक वर्गहरु जागृत होऊन भनि जागरुकता छर्न कार्तिक शूक्ल एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिएको हो ।

हरिशयनी एकादशीदेखि सूर्य, चंद्रमा र प्रकृतिको तेजतत्व क्रमश: कम भएर जाने भएकोले भगवान विष्णुलाई दीपकलश गणेशको पूजा पश्चात सुत्न आग्रह गर्दा तलको स्तुति गर्ने गरिन्छ 

– सुप्ते त्वयि जगन्नाथ जगत्सुप्तं भवेदिदम्।

विबुद्धे त्वयि बुद्धं च जगत्सर्व चराचरम्।

हे प्रभु !तिमी जागे यो श्रृष्टि जाग्छ, तिमीसुते यो श्रृष्टि, चर , अचर स्थावर जङ्गम सुत्छ । तिम्रो कृपाले यो श्रृष्टि सुत्ने र जाग्ने भएकोले तिम्रो कृपा हामी माथि सर्वदा रहिरहोस ।

वर्षाकालमा अधिकांश समय सूर्य बादलले ढाकिएका हुन्छन । बर्षा ऋतु सकिएपछि ब्युझिन्छ्न । याँहा कुरो सूर्य वा विष्णु निदाउनु वा बादलले ढाकिनुको अर्थ भित्र बर्षाकालामा अत्यधिक बर्षा ,अत्यधिक सूर्यको तेजको कारण रोग ब्याध र Fungal infection बढ्ने भएको हुँदा हामी मानबका लागि खानपिन र आहार विहार गर्दा पर्याप्त सतर्कता अपनाउ पर्दछ । वर्षाकालमा हुनजाने प्राकृतिक परिवर्तन र त्यसको कारण उत्पन्न भई फैलिने मौसमी रोग व्याधि र शरीरको प्रतिरोधात्मक क्षमतामा त्यसले पार्ने कुप्रभाव नियन्त्रण गर्न नसक्ता हाम्रो शरीरमा त्यसले जुन गडबडी ल्याउन सक्छ त्यसलाई संयमित र सन्तुलित आहार बिहार गरेर नियन्त्रण गर भन्ने शन्देश छर्नुनै यस दिनको एकमात्र उद्देश्य थियो ।

समुन्नत सामाजिक एवम् वैज्ञानिक चिन्तन वोकेर मनाईने ठूली एकादशी अर्थात आषाढ शुक्ल एकादशी मनसुन अर्थात बर्षा ॠतुको मध्याकाल हुने हुनाले कुनैपनि शुभ कार्य नगरिने, जङ्गल क्षेत्रमा पनि अत्यधिक प्रदुषण, बाढीको प्रकोप ,चर्को घामपानी, पहिरो, विशालु सर्प, मच्छर, हिंश्रक जीवजन्तु आदि बढ्न जाने भएकोले ऋषिमुनिहरु पनि गाउँघर छिर्थे र समुदायसङ्ग आफूले प्राप्त गरेको ज्ञानको छलफल , नयाँ बटुकहरुको ज्ञानारम्भ / अक्षारम्भ शुरु गर्थे । यतिखेर जनै पूर्णिमा ,श्रावणी गराउँथे , याज्ञिक र पितृ कर्म शुरुगर्थे र बर्षा मौसम सकिएपछि ती ऋषिमुनिहरु नयाँ खोजीकोलागि पुनः जङ्गल छिर्थे । तत्कालिन यही सामाजिक यथार्थतालाई प्रयोगात्मक रुपमा बुझाउन हाम्रा पूर्वजहरुले सो प्राकृतिक तथ्यलाई देवशयनी र हरिवोधनी एकादशी भनेर चिह्नाए ।

सत्यस्थ:सत्यसंकल्प:सत्यवित् सत्यदस्तथा।

धर्मो धर्मी च कर्मी च सर्वकर्मविवर्जित:।।

कर्मकर्ता च कर्मैव क्रिया कार्यं तथैव च।

श्रीपतिर्नृपति: श्रीमान् सर्वस्यपतिरूर्जित:।।

भक्तस्तुतो भक्तपर: कीर्तिद: कीर्तिवर्धन:।

कीर्तिर्दीप्ति: क्षमाकान्तिर्भक्तश्चैव दया परा।।

(लाल प्रसाद गैह्रे, शुक्लागण्डकी ८ हाल रसिया)

👉 अन्य सम्बन्धित खबरहरु

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
विचार

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो

July 4, 2025
रक्तश्रावका अश्रुजल पीडाहरू
विचार

रक्तश्रावका अश्रुजल पीडाहरू

February 8, 2025
आफु र समाजका लागि योग
विचार

आफु र समाजका लागि योग

June 21, 2024
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका
विचार

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
विचार

स्वास्थ्य जीवनका लागि सामाजिक पुंजी

November 20, 2023
सोह्र श्राद्ध के हो र किन गरिन्छ ?
विचार

सोह्र श्राद्ध के हो र किन गरिन्छ ?

September 28, 2023

Comments 1

  1. Pingback: एकादशीको ब्रतको बैज्ञानिक महत्व | Bishow Nath Kharel

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.