शुक्लागण्डकी नगरपालिकामा नगर स्तरिय भलिवल संघ गठन गरिएको छ । विमल रानाको अध्यक्षमता १३ सदस्यिय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा श्याम बहादुर श्रेष्ठ र किसान थापा, महासचिवमा पोसन पुन कोषाध्यक्षमा मोहन भुजेल, सदस्यमा एलिस महत, भक्त बहादुर गुरुङ्ग, राजन भुजेल, प्रदिप ठकुरी, सुदिप परियार, सन्तोष श्रेष्ठ, राजेश सेन र दिब्य क्षेत्री रहेका छन ।
विहिवार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवराज चापागाई, अधिकृत ज्योति प्रकाश तिमिल्सिना, खेलकुद विकास समितिका पुर्व उपाध्यक्ष भद्र वहादुर खत्री, भलिवल संघका पुर्व उपाध्यक्ष सन्तोष मल्ल समेतको उपस्थिति रहेको थियो ।