• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

यसरी नापियो सगरमाथाको उचाइ

Staff Reporter by Staff Reporter
December 9, 2020
in अन्य
A A
0
Share on FacebookShare on TwitterEmail this

काठमाण्डाै – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको हो ।

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भएको समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाइ बढ्नु नेपालका निम्ति अविष्मरणीय र गौरवपूर्ण घटना भएको बताउनुभयो ।

“नेपालको पहिचान र गौरवका रुपमा रहेको सगरमाथाको उचाइ मात्र घोषणा भएको छैन, नेपालले आफ्नै जनशक्ति र स्रोत व्यवस्थापन गरी नेपाली प्राविधिकबाट भएको यो अविस्मरणीय र गौरवपूर्ण क्षणले नेपाली प्राविधिक क्षमताको उचाइमाथि पुगेको छ, यस कार्यमा संलग्न सम्पूर्णमा हार्दिक बधाई दिन चाहन्छु”, परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो । उहाँले सगरमाथाको उचाइ घोषणासँगै सगरमाथाबारे आधिकारिक, वैज्ञानिक तथ्य आम सहमतिमा प्राप्त भएको उल्लेख गर्नुभयो ।

उहाँले अगाडि थप्नुभयो, ‘‘हामी सबैलाई थाहा छ, सगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ । यसको उचाइ संयुक्त रुपमा घोषणा गरिनु आवश्यक पनि थियो विश्वसनीयताका लागि । खुशीको कुरा नेपालको नापी विभागले शुरु गरेर डेटा प्रोसेसिङ गरी जुन विन्दुमा ल्याएको थियो, चिनियाँ मित्रहरुले गरेको सर्भे र उहाँहरुको तथ्याङ्क प्रशोधनमा पनि सोही तथ्य सही रुपमा देखापरेका छन्, यसले अब तथ्य र एकरुपता पनि कायम गरेको छ ।”

परराष्ट्रमन्त्री ज्ञवालीले भूमि व्यवस्था मन्त्रालयबाट यस वर्ष भएका दुई महत्वपूर्ण काम नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा र सगरमाथाको नयाँ उचाइ मापन कार्य सम्पन्न भएकामा मन्त्री अर्याललाई धन्यवाद ज्ञापन गर्नुभयो । मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको जोखिमका कारण नेपालका हिमाल कालापत्थरका रुपमा परिणत हुँदै जानु ठूलो चुनौतीको विषय भएको उल्लेख गर्दै यस्ता जोखिमबाट हिमालय क्षेत्रको संरक्षणका लागि सरोकारवाला देशसँग नेपालले विशेष चासोका साथ कुरा उठाइरहेको जानकारी दिनुभयो ।

उहाँले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्ने कार्यक्रमका सन्दर्भमा चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङयीसँग नेपाल–चीन सम्बन्धका विविध आयामसम्बन्धी कुराकानी भएको जानकारी दिँदै जलवायु परिवर्तनको जोखिमबाट हिमालय क्षेत्र र सगरमाथाको रक्षाका निम्ति चीनलगायत सरोकारवाला अन्य मुलुकसँग बारम्बार कुरा उठाइने गरेको बताउनुभयो । नेपालले करिब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ्को नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए । त्यसैअनुरुप नेपाल र चीन सरकारले मंगलबार संयुक्तरुपमा सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर हुने भएको छ । भूमि व्यवस्थामन्त्री अर्यालले एक सय ७० वर्षे सगरमाथा मापनको इतिहासमा नेपाल आफैंले स्रोत व्यवस्थापन र जनशक्ति परिचालन गरेर उचाइ मापन सम्पन्न गरेसँगै उचाइबारे भएका दुविधा र आशङ्काको निवारण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सगरमाथाबारे उठेका जिज्ञासालाई सम्बोधन गर्दै विश्वसामु एउटै उचाइ कायम गर्न मन्त्रालयको नापी विभागमार्फत यो काम सम्पन्न गरी घोषणा गरिएको छ, सगरमाथाको उचाइ बढेको छ, आजको दिनदेखि सगरमाथाको उचाइ मात्रै हैन, नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको छ ।”

हामीले सगरमाथाको विश्व कीर्तिमान कायम गरिरहँदा हिजोसम्म नेपाललाई गरिबी र बेरोजगारीको देश भनेर चर्चा गर्नेहरुले अब हाम्रो प्रविधि र क्षमताको चर्चा गर्नेछन् भन्दै उहाँले नेपालीका निम्ति सुखद् यो क्षण भएको उल्लेख गर्नुभयो । नापी विभागका महानिर्देशक प्रकाश जोशीले आफ्नै स्रोतसाधन र जनशक्तिबाट सगरमाथाको उचाइ मापन गरिनुले नेपालको गौरव विश्वमा सगरमाथा झैँ अग्लिएको बताउनुभयो ।

सगरमाथाको नयाँ उचाइ नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री याङयीले भर्चुअल माध्यममार्फत संयुक्तरुपमा सार्वजनिक गर्नुभएको थियो । भूमि व्यवस्था मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झण्डै दुई वर्षका अवधिमा सगरमाथाको मापन सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुन सक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

यसरी नापियो उचाइ

सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खिमलाल गौतमको नेतृत्वमा अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली गएको थियो । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो ।

सगरमाथाको उचाइ मापन परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भूआकर्षण सर्वेक्षण जस्ता विधि अवलम्बन गरिएको विभागले जनाएको छ । मापन शुरु गर्नुपूर्व विभागले दुई वर्षअघि भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञकै सुझावका आधारमा कार्यविधि तयार गरिएको थियो ।

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेको भएपनि त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सन् १९५४ मा भारत र सन् १९७५ चीनले सगरमाथाको उचाइ मापन गरेको थियो ।

त्यसैगरी सन् १९८७, सन् १९९२ र सन् २००४ मा इटालीले तथा सन् १९८९ मा अमेरिकाले मापन गरेको थियो । त्यस्तै सन् २००५ मा पुनः चीन र सन् २०१० मा इटालीले सगरमाथाको उचाइ मापन गरेका थिए । सगरमाथाको उचाइ नाप्न तीन वटा विधि ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि/पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिएको छ । त्यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नापिएको छ ।

यसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र त्यसै आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिएको हो । तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद
अन्य

जनताको कुरा सुन्न शुक्लागण्डकीमा जनसंवाद

April 15, 2026
अन्य

पत्रकार खरेल सहित शुक्लागण्डकी एम एमको सम्मान

December 22, 2025
सार्वजनीक सुनुवाई सम्पन्न
अन्य

सार्वजनीक सुनुवाई सम्पन्न

November 20, 2025
रिसेडमा नयाँ नेतृत्व चयन
अन्य

रिसेडमा नयाँ नेतृत्व चयन

April 19, 2025
सरस्वती जुनियर कप सुरू
अन्य

सरस्वती जुनियर कप सुरू

January 29, 2025
अन्य

विकले ग्रहण गरे जेसिज बर्ष २०२५ को पदभार

January 4, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.