अब भानुभक्त बहुमुखी क्याम्पसको उपनाम “भानुभक्त बहुमुखी ग्यारेज क्याम्पस” को रूपमा नामाकरण हुने त होइन लाजमर्दो,
विरोध त म मेरो आफ्नै शत्रुको पनि गर्दिन तर अन्याय र अत्याचार मौलायो भने त्यसको खबरदारी अवश्य गर्छु । यो त्यति टाढाको र नौलो विषय होईन, यो त हाम्रै आफ्नै सुन्दर रमणीय स्थल तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ को मुटुमा रहेको यस भानुभक्त बहुमुखी क्याम्पसको नै हो । स्थापना काल देखि नै अनेकौ समस्या झेल्दै आएको यस क्याम्पस अहिले वर्तमानमा अवस्थामा अस्तव्यस्त र ध्वस्तै हुन लागि सक्यो, तर यसको विषयमा कस्ले आवाज उठाउने “कस्ले यो क्याम्पस बचाउने” कस्ले खबरदारी गर्ने, प्रश्नहरू धेरै धेरै छन् !
घिरौलाको लागि चार वटा लट्ठीको खुट्टा लगाइदिएको भए अहिलेसम्म खुरूरूरू खुरूरूरू यता र उता दौडिँदै हिड्थो होला तर विडम्बना हाम्रो क्याम्पस चलाउने व्यक्तिहरु घिरौला जतिको पनि भएनन् दुख लाग्छ । हजुरहरूले सोच्नु भयो होला यस्ले कति क्याम्पसको विरोध गर्छ !! भानुभक्त बहुमुखी क्याम्पस बाहिर बाट हेर्दा जति सुन्दर छ त्यो भन्दा पनि बढी भित्र बाट खोक्रिदै गएको छ । हे भगवान् ! क्याम्पसको प्रतिवेदन हेर्दा क्याम्पसमा अध्ययन गर्न आउने सम्पूर्ण विद्यार्थीहरुलाई निशुल्क रूपमा कुनै पनि किसिमको फिस नलिई पठनपाठन गराउने क्षमता क्याम्पसको छ । तर विद्यार्थीबाट कोचेर फिस लिदा पनि सेवा सुविधा भने अहिले बजारमा नयाँ गीत आएको छ नि सम्झिने पानी………. भने जस्तै भयो !!! दैनिक रुपमा उपभोग गर्ने सामान्य भन्दा सामान्य वस्तुको त कुरै छोडौ !!
क्याम्पसले तत्कालै गर्न खोजेको एउटा निर्णयले मलाई साह्रै चित्त दुख्यो । पृथ्वी राजमार्ग सँगै जोडिएको अर्थात् भानुभक्त बहुमुखी क्याम्पस आगाडी रहेको खालि क्षेत्रमा क्याम्पसको भवन सँगै जोडिने गरि अब सवारी साधन मर्मत गर्न स्थल (ग्यारेज) बनाउनको लागि सम्झौता हुदै छ रे !! के क्याम्पस अगाडि क्याम्पसको नै सौन्दर्य बिग्रिने गरि, कोलाहल मच्चिने गरि ग्यारेज आवश्यक हो र “पैसाको लागि मरिहत्ते गर्ने अहंकारीहरू लाई पैसाको बिटो नपुगेर त हैन” क्याम्पसको हितको लागि यो कार्य कुनै पनि हालतमा स्वीकार्य छैन, आफ्नो व्यक्तिगत स्वार्थको लागि क्याम्पसको बलि चढाउने कार्य भइरहेको छ । कि अब हामी भानुभक्त बहुमुखी क्याम्पसलाई “भानुभक्त बहुमुखी ग्यारेज क्याम्पस” को नाममा नामकरण गर्ने कि !
हालको अवस्था अनुसार पैसाकोलागि नै हो भने हामी विद्यार्थी, जनसमुदाय, प्रध्यापक र सम्पूर्ण सहित हाम्रो क्याम्पसमाको कोषमा करोडौँ रूपैया त छ तर अरबौं भएन त्यसैले हामीलाई चन्दा दिनुहोस् भन्दै हामी सबै चन्दा संकलन गर्न हिड्छौ । तर ग्यारेज आवश्यक छैन ।
मेरो अनुरोध, क्याम्पस व्यवस्थापन समिति, क्याम्पस प्रमुख र पदाधिकारी व्यक्तिहरू तपाईहरुले क्याम्पसलाई मात्र एउटा QAa\ सिस्टम मा लैजानु तयारी गर्नुस् , यहाँ भएका रकम लाई विद्यार्थीको शैक्षिक गुणस्तर, भौतिक गुणस्तर र अत्यावश्यक विषय वस्तुहरु मा खर्च गर्नुस् यति गर्दा कोषको रकम घट्छ र घट्ने बित्तिकै स्थानीय तह र त्ग् बाट अनुदानको रूपमा लाखौ रुपैया उपलब्ध गराउँछ । यसरी कार्य गर्दा क्याम्पस, शिक्षक, विद्यार्थी, जनसमुदाय सबैको कल्याण हुनेछ अर्थात् यस क्याम्पस बाट भोलिको लागि राम्रो जनशक्ति उत्पादन हुने छ । तर क्याम्पस अगाडि ग्यारेज आवश्यक छैन, ठूलो गल्ती हुन बाट बेलैमा सचेत बनौ ।
(लेखक भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारामा अध्यनरत छन् ।)