दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको नमुना युवा क्लबको अध्यक्षमा रोशन पुन सर्वसम्मत चयन भएका छन् । क्लबका पूर्व उपाध्यक्ष सुमन सापकोटाको सभापतित्वमा सम्पन्न भलाले रोशन पुनको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो ।
क्लबका प्रथम उपाध्यक्षमा यूनिक लम्साल, द्धितीय उपाध्यक्षमा सञ्जीता सापकोटा, सचिवमा विनोद वाग्ले, कोषध्यक्षमा रोजिना सापकोटा, सह–सचिवमा विशु राई चयन भएका छन् ।
क्लबले विगतका वर्षहरु देखी नै सामाजिक तथा खेलकुद क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको हो । साथै क्लबले विभिन्न क्षेत्रमा भएका फुटबल प्रतियोगितामा सहभागि भई आधा दर्जन भन्दा बढी उपाधिहरु पनि हासिल गर्न सफल भएको छ ।