• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

राजमार्गमा पाईला पिच्छे खाल्डाखुल्डी, सडक डिभिजन कार्यालय किन मौन (भिडियो सहित)

Staff Reporter by Staff Reporter
July 21, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/कोत्रे । पोखारालाई काठमाडौं उपत्यकासम्म जोड्ने एक सय ७४ किमी लामो पृथ्वीराजमार्ग देशकै मुख्य राजमार्ग अन्र्तगत पर्दछ । दैनिक हजारै सवारी साधन ओहोर दोहोर हुने हुदाँ राजमार्गमा सवारी साधन व्यस्त देखिन्छ । देशकै मुख्य राजमार्ग र हजारै सवारी साधन आवत जावत हुने भएता पनि ठाउँ ठाउँमा रहेको खाल्डा खुल्डीले सडकको अवस्था जिर्ण बनाएको देखिन्छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ कोत्रे देखी दुलेगौंडासम्मको पृथ्वीराजमार्गको सडक खण्डमा साना तथा ठुला गरि करीब दुई सय ५० भन्दा बढी खाल्डा खुल्डी रहेको देखीन्छ ।

राजमार्गको कोत्रे दुलेगौंडा सडाक खण्ड हुदै आवत जावत गर्ने यात्रुहरु डराउदै यात्रा गर्नु परेको छ । साथै कतिपय यात्रुहरुको बाईक स्कुटर त राजमार्गमा नै पल्टीएर सस्ति खेप्नु परेको छ ।

दमौली पोखरा दैनिक रुपमा आवात जावत गर्ने बसका चालक सोमबहादुर रसाईलिले दुलेगौडा देखी कोत्रे सम्मको बाटो निकै जोखिमपूर्ण रहेको बताएका छन् । साथै बसलाई पनि निकै मार परेको र स्थानीय जनताहरुले पनि निकै सस्ति खेप्नुपरेको बताए । “यो बाटो खास कहिले सम्पन्न हुने हो ? के बाटो सधै यस्तो नै हुने हो ?” उनले भने,“बाटो चाही अब राम्रो बनाउनुपर्ने भयो, हामीलाई साह्रै गाह्रो भईरहेको छ ।”

यस गरि सोही बाटो हुदै स्कुटर चलाएर आएकी सुनिता गुरुङ बाटोको अवस्था देखेरै बिचमै केही बेर अलमलमा परिन । उनका अनुसार बाटो खालि भएपछि जसो तसो गरेर गाह्रो बाटो पार गर्न सकेको बाताईन् । साथै दुबैतिरबाटा सवारी साधन आएको बेलामा त झन आफु हक्कानिने हुदाँ दुर्घटना परि ज्यानै जान सक्ने अवस्था पनि हुन सक्ने बताईन् । “अब यो बाटो हेर्ने कोल्ले हो त्यो त हामीलाई थाहा छैन्, तर उहाँहरुले देख्न त देख्नु भएको छ होला १” उनले भनिन्,“कि देखेर नि नदेखेको जस्तो गर्नु भएको हो ? की जे गरे पनि चल्छ नेपालमा भनेर बस्नु भएको हो ?” उनले प्रश्न समेत गरेकी छिन् ।

आफुले दैनिक ओहोर दोहोर गर्ने रार्जमार्गको बाटोको स्थिति निकै दर्दनाक रहेको कोत्रे निवासी राजु नेपालिले बताए । केही समय अगाडी बाटोमा टालटुल गर्ने कार्य भएता पनि काम सम्पन्न भएको केही दिनपछि नै बाटो खाल्डा खुल्डीकै अवस्थामा पुगेको बताए । “बाटोको बिषयमा कोस्ले चासो दिने हो ? कस्ले हेर्नु पर्ने हो ?, कस्ले बनाउन पर्ने हो ? सबैजना मसखदर्शक भएर हेरीरहेका छन्, हामी यात्रुहरुलाई चाही अत्यन्तै भन्दा अत्यन्तै जोखीम छ ।” उनले भने ।

पोखरा देखी दमौलीसम्म जान लागेका मोटर चाल गुमबहादुर मगरले सामन्य १० मिनेटमा पार गर्ने बाटोमा करिब २०देखी २५ मिनेट सम्म लागेको बताए । पोखरा देखी दमौली सम्ममा हेर्दा सबैभन्दा गाह्रो हलेदी क्षेत्रमा रहेका बताए । केही दिन अगाडी हलेली क्षेत्रमा आफ्नै आँखा अगाडी स्कुटर पल्टेर सानो बच्चा घाईते समेत भएको बताए । “बाटो त अत्यन्तै जोखीम छ, कही बाईकहरु आएर ठोक्किनै खोज्छ, हेर्दा हेर्दै आफ्नै अगाडी बाईकहरु पल्टिन्छ, अनेक भईरहन्छ यहाँ ।”उनले भने “बाटो बनाउने सम्बन्धीत निकायले छिटो भन्दा छिटो बटो बनाईदिनु प¥र्याे, बाटो मर्मन नगरेर दुख सास्ति दिनु भएन जनतालाई ।”

बाटोको अवस्था जिर्ण रहेकाले मईक्रोबस चलाउन पनि निकै गाह्रो हुने र सवारीको पाटर्पुजा पनि बिग्रेर समस्या खेप्नुपरेको काठमाडौ पोखरा माईक्रो बसका चालक सरुेस गिरिले बताए । उनले बाटोको चाडै मर्मत भई सहज बाटावरणमा हिड्न पाईन्छ कि भन्ने आशमा छन् ।
बाटोको अवस्था जिर्ण बनेपछि दिनमा नै ४÷५ वटा सम्म बाईक स्कुटर पल्टेको दिखिने स्थानिय सागर थापाले बताए । साथै केही दिन अगाडी बाटोकै कारण सवारी दुर्घटना भई झगडाको अवस्था पनि सिर्जना भएको बताए । सडक छेउमै घर रहेको हुदाँ पानी पर्दा बाटो हिलो भएर र घाम लाग्दा घुलो उडेर निकै दुख भोग्नुपरेको उनको भनाई छ ।

उता शुक्लागण्डकी नगरिक समाजका अध्यक्ष खेमराज खनालले दुलेगौंडा देखि कोत्रे सम्मको सडक हरेक बर्ष क्षेदबिच्छेद भईरहेको बताए । साथै क्षेत्रमा क्रशर उद्योगहरु प्नि संञ्चालन हुने हुदाँ बाटो बिग्रन पुगेको उनको आकलन छ । बाटोको अवस्था बिजोक भए पछि जिल्ला समन्वय समिति तनहुँलाई पनि खबर गरेको बताए ।

पछिल्लो समय परेको निरन्तर बर्षाका कारण बाटोको कोत्रे दुलेगौंडा सडक खण्डमा खाल्डाखुल्डी देखा परेको बताए । स्थानीयहरुबाट पनि गुनासो आएको र पत्रकारहरुले पनि यसको बिषयमा कुरा उठाएको हुदाँ तत्काल निर्देशन बाटो बनाउनका लागि सडक डिभिजनलाई निर्देशन दिएको बताए ।

बाटोमा पानीको निकास हुन नसकदा बाटो बिग्रन पुगेको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख अमित कुमार श्रेष्ठले जानकारी दिए । मानिसहरुले घरको संरचना बनाउदाँ सडक अतिक्रमण गर्ने, नाला पुर्ने लगायतको कार्य हुदाँ नालामा बग्ने पानी बाटोमा बग्दा सडक जिर्ण बनेको उनको भनाई छ । शुक्ला न्यूजसंग कुराकानि गर्दै श्रेष्ठले बाटोको लागि कार्य सुरु गरि बुधबार सम्म सडक सहज बनाउने बताए । साथै स राष्ट्रिय आयोजना पनि संञ्चालन हुन लागेकाले केही समयको लागि सहज वातावरण तयार गर्ने बताए ।

यो भिडियो पनि हेर्नुहोस ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.