• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट विचार

दलका महाधिवेशन र महामारीमा सुशासनको अपेक्षा

सम्पादक सम्पादक
January 15, 2022
- विचार
A A
0
दलका महाधिवेशन र महामारीमा सुशासनको अपेक्षा
Share on FacebookShare on TwitterEmail this

सत्ताका लागि मरिमेटने राजनीतिक नेतृत्व लोकतन्त्रमा दलीय महाधिवेशन गर्न हिचकिच्याएको बिगत हामीले देख्यौ । कानुनी प्रावधानबाट बच्न सक्ने अवस्था नरहेका कारण महाधिवेशन गर्न विवश भएको दृष्टान्त सबै नेपालीले महशुस गर्यौ । महाधिवेशनका माध्यामबाट ढिलै भएपनि नेपाली काँग्रेस लगायतका दलहरुले स्थानीय हुदै केन्द्रिय नेतृत्व छनौट गरेका छन् । नेपाली काँग्रेसमा पार्टि सभापति शेरबहादुर देउवा निर्वतमान नहुदै पुनः पार्टिको सत्तारोहण गर्ने भाग्यशाली भए । यति हुदा हुदै पनि फरक धारबाट उमेद्वारी दिएका युवा नेताहरु काँग्रेसको महत्वपुर्ण एंव कार्यकारी पदमा आशिन हुने अवसर पाए । काँग्रेस भित्र झाँगिएको गुटको राजनीतिमा दुरगामी प्रभाव पार्ने गरी काँग्रेसहरु गुटमा मात्र विश्वास गर्दैनन् भन्ने सत्यता यसपटक प्रकट भयो ।

महाधिवेशन स्थलमा गगन र विश्वप्रकाशको माग ननभोटरहरुले पनि गरेको पाइन्थ्यो । झापामा काँग्रेसका नेता कृष्ण सिटौलाको कोपभाजनमा पर्दै आएका विश्वप्रकाश नामले मात्र होइन थला पर्न लागेको काँग्रेसलाई प्रकाश दिने मसिहा बनेर उदाएका छन् । जुन गोरुको सिगं छैन उसैको नाम तिखे भन्ने उक्ति उनको सवालमा फिका सावित भएको छ । देउवा इतर समुहबाट उमेद्वारी दिएका विश्वप्रकाश मतदाताले पनि आँकलन गर्न नसकेको परिणाम ल्याएर विजयी भए । हरेक घटनामा मधुरवाणी र यर्थाथपरक दृष्टिकोण राखि आफ्ना बिचार पस्कने स्वभाव भएकै कारण उनको विजय सुनिश्चित मानिएको थियो । टेलिभिजनमा ऐना कार्यक्रम उनकै प्रस्तुतीको शैली र विषय वस्तुका कारण लोकप्रिय भएको थियो । देउवा प्यानलका विश्वप्रकाशले आफुलाई उक्त टिमबाट यति सम्म निरपेक्ष राखेकी हर कोहिले उनि कुन टिमका हुन् भन्ने भेउ समेत पाउन गाह्रै हुन्थ्यो ।

१४ औ महाधिवेशनको लोकप्रियताले उनि पराजित गर्न नसकिने पात्र बनेका छन् भन्दा अतिशयोक्ति नहोला । त्यस्तै काँग्रेस महाधिवेशनका  सेलिब्रेटि बन्न सफल अर्का नेता हुन् गगन थापा । गगन थापा संसदमा काँग्रेसको प्रतिनिधित्व गर्दै अहिले प्रमुख प्रतिपक्ष बनेका एमाले अध्यक्ष केपी ओलीका उरन्ठ्याउला तर्कहिन कर्कष वाणी प्रति कटाक्ष गर्ने साहशी नेता हुन् । २०६१ मा राजाको प्रतिगमनका बेला दरवार तिर औला उठाएर खवरदारी गर्ने गिरिजा प्रसाद कोइरालाकै शैली र साहशमा संसद र सडकमा उनले गरेको शब्द वाण विपक्षीहरुले पनि लुकी लुकी सुन्ने गरेको हामीले देखेकै हो । आन्दोलन होस् वा आफ्ना एजेण्डाको बहशमा दह्रो अडान राख्ने गगन यसका विकल्प भएका छन् । महाधिवेशन स्थलमा हरेकको तर्क थियो चुनावका बेला गगनको ५ मिनेटको  भाषण उमेद्वारले जित्नसक्ने कारण बन्ने गर्दछ भने उनलाई कस्ले भोट दिदैन र ।

संविधान सभामा जातिय राज्यको वकालत गरिरहेका माओवादीसंग प्रस्तावको विपक्षमा कडा प्रतिवाद गर्ने नेपाली काँग्रेसका साहशी नेता धनराज गुरुगंले पनि महाधिवेशनमा उपसभापति पदमा विजयी भएका छन् । यस अर्थमा महाधिवेशन महत्वपुर्ण निर्णय र ओजश्वी पात्रहरुको विजयका साथ सम्पन्न भएको छ । नीतिगत झलफल र पार्टिका दृष्टिकोणहरु महाधिवेशन हलबाट तय गर्ने अवसर नपाए पनि पार्टि सदस्यहरुको स्वतन्त्रतामा नेतृत्व छनौट भएको लाई सुखद् नै मान्नु पर्दछ । संविधानसभाबाट बनेको संविधान ६ वर्ष पुगेको समयमा भएका दलका महाधिवेशनमा संविधानमा उल्लेखित समाजवादी कार्यक्रमका बारेमा दलहरुको धारण नआउनुलाई सकारात्मक मान्ने अवस्था अवश्य रहन्न । यसका अलावा नागरिकका मौलिक हकहरुको कार्यान्वयका सन्वन्धमा पार्टिका दस्तावेजहरु नयाँ धारणमा नसमेटिनु उदेक लाग्दो छ । त्यसैगरी शिक्षा स्वास्थ्य र रोजगारी जस्ता नागरिकको गहिरो सरोकार भएका विषयमा पनि दलहरु मौन साध्न मै आनन्द मानेका पाइन्छ । संक्षेपमा भन्दा यि महाधिवेशनहरु पदीय बाडँफाड भन्दा थप कुनै उपलब्धी बिना सम्पन्न भएको भन्न सकिन्छ ।

यद्धपी महाधिवेशन पछि लगतै पार्टिको राजनीतिक, बैचारिक दृष्टिकोणका बारेमा झलफल र निर्णय हुने कुरा बताइएको छ ।

मुलुकमा १० वर्षे माओवादी हिंशा पछि भएको बृहत शान्ति सम्झौतामा उल्ल्ेख भएका सर्तहरु कार्यान्वयनमा आएका छैनन् ।  सत्य निरुपण तथा मेलमिलाप आयोग  मार्फत गर्नु पर्ने द्धन्दमा पीडित पक्षका समस्या समाधान भएका छैनन् । स्वयम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रि हुदाँ समेत सुल्झीन नसकेको यो विषय माओवादी केन्द्रकै कारण ओझेल पर्दै गएको छ .

माओवादी केन्द्र पनि राष्टिय भेलालाई महाधिवेशनमा रुपान्तरण गरेरै भए पनि विधानलाई सर्बोपरी मान्दै महाधिवेशन सम्म आइपुगेको छ । १८४८ मा प्रकाशित कम्युनिष्ट म्यानुफ्यास्टोलाई धर्मशास्त्र र यसका रचयिता माक्र्सलाई धर्म पिता मान्दै आएका कम्युनिष्ट शक्तिहरु लोकतन्त्ररुपी नदीमा पौडिखेलिरहदा आनन्दको अनुभुति गरिरहेका होलान् । माक्र्सले प्रतिपादन गरेको बर्ग सघर्षको परिभाषामा अहिले विश्वलाई विभेद र उत्पीडनको ज्वालामा तडपाइरहेको लिंग, जाति र रंगभेद जस्ता विषयहरु पर्दैनन् भन्दा अनौठो लाग्दो हो । अझै पनि कम्युनिष्ट शब्द र सुर्य चिन्हंसंग जोडिएको कम्युनिष्ट ढुकढुकी आफ्नो पक्षमा पार्न माधव नेपालहरु छोडि गए पनि प्रचण्ड लालायित भएको तथ्य बाहिर आएको खासै धेरै भएको छैन । भरखरै सम्पन्न दुवै कम्युनिष्ट शक्तिहरुका महाधिवेशनबाट लोकतान्त्रिक रुपान्तरणको आशा गरिए पनि निर्वाचन प्रकृर्यामा खासै सुधार देखिएन .

तर नारायणी किनारमा लागेको एमाले जनहरुको भिडले केपी ओली कस्लाई काखि च्याप्दैछन् भन्ने बुझ्न सम्म सकिरहेका थिएनन् । करीब दुई तिहाइको सरकारलाई आफ्नै पार्टिको आन्तरीक कलहका कारण घाटमा पु्याएका के पी ओलीको बिकल्प एमाले जनले सोच्न पनि सकेनन् । एमाले र माओवादीका अधिवेशनहरु हेर्दा तुम नहिं सुध्रौगे भन्न सकिन्छ । २०४९ सालको पाँचौ महाधिवेशनबाट जनताको बहुदलीय जनवादको नयाँ कार्यनीति प्रतिपादन गरेका मदन भण्डारी अहिले हामीबीच हुनुहुन्न । राजनीतिमा उहाँले देखाएको लोकतान्त्रिक अभ्याशको बाटो उहाँकै शासनशैलीबाट नेपाली जनताले देख्ने अवसर पाएनन् । यसकारण पनि नेपालको राजनीतिमा उदाएका करिस्मेटिक कम्युनिष्ट नेता मदन भण्डारी सबै नेपालीको मनमा छाएका छन् । एमालेकै अर्का नेता मनमोहन अधिकारीलाई पनि बिराटनगर जुटमिल देखिको सघर्ष र निश्चछ छवीका कारण धेरै नेपालीले सम्झने गरेका छन् । नेपालको राजनीतिमा उदाएका केहि यस्ता ब्यक्तित्वहरुको असमयमै अन्त्य हुनु मुलुककै दुर्भाग्य हो । वर्तमान राजनीतिको शासकीय स्तरमा रहेका उच्च नेतृत्व तहका पात्रहरुको रबैया कुनै नेपालीले मनपराएको अवस्था छैन । देशको यस्तो दुरावस्थामा पनि यिनको मन पोल्दैन । यिनिहरु आत्मा इश्वर र परलोकको चिन्ता नभएका जड मानव जस्ता देखिएका छन् । सत्ता सत्ता र सत्ता भन्दा पर केहि नदेख्ने मनोदशाबाट यिनिहरुको दैनिकी बितेको छ । मलेशिया र खाडीको श्रमले वचाएको देशमा उध्योग खुल्दैनन । मुलुकमा गत एक वर्षमा ९ खर्व ६८ अरव रेमिट्यान्स भित्रिएको छ भने १५ खर्व ३९ अर्वको वस्तु आयात भएको छ । त्यस्तै १ खर्व ४१ अरव निर्यात भयो भने १३ खर्व ९८ अरवको व्यापार घाटा भएको छ । कठै ओलीको स्वर्ण यूग कठै दुइतिहाइको सरकार ।

कतिपय प्राकृतिक विपत् र मानव सिर्जित महामारीका कारण मानवजीवन कष्टकर बनेको छ  । प्राकृतिक रूपमा छैटौँ शताब्दीमा फैलिएको जस्टिनियम प्लेग, १४औँ शताब्दीको ब्ल्याकडेथ, १७औँ–१८औँ शताब्दीकोे ग्रेट प्लेग, इबोला, एड्स, स्वाइनफ्लु, बर्डफ्लु, २१ औ शताब्दीमा आएको कोरोना महामारी जस्ता वेलाबखत आउने महा संकटका कारण धेरै मानिसको ज्यान गयो । अहिले तेस्रो भेरिण्टकारुपमा ओमिक्रोनले विश्व मानव मस्तिष्कनै हल्लाएको छ ।

सन् १९१८ को स्पेनिस–फ्लुका कारण करिब पाँच करोडभन्दा बढी मानिसको मृत्यु भयो । भारतमा मात्रै एक करोड ८० लाख मारिए भने अमेरिकामा ६ लाख ७५ हजारजति मारिए । स्पेनिस–फ्लुबाहेक अन्य महामारीले संसारभरि कोरोनाले जति यो स्तरको हलचल पैदा गराएन । एक अध्ययन अनुसार सन् २०१७ मा २० लाख ६५ हजार मानिसको मृत्यु निमोनियाका कारण भएको थियो ।

निमोनियाका कारण नाइजेरियामा एक लाख ६२ हजार, भारतमा एक लाख २७ हजार, पाकिस्तानमा ५८ हजार, कंगोमा ४० हजार, इथियोपियामा ३२ हजार बालबालिकाको मृत्यु भएको थियो । भारतमा मात्रै निमोनियाका कारण प्रत्येक एक घन्टामा पाँच वर्षमुनिका १४ बालबालिकाको मृत्यु हुन्छ ।

संसारका ८२ अर्ब १० करोड अर्थात् १० प्रतिशतभन्दा बढी मानिस अत्यन्तै गम्भीर प्रकारको कुपोषणबाट ग्रसित छन् । युनिसेफको तथ्यांकअनुसार पोषणयुक्त खानेकुराको अभावमा प्रत्येक वर्ष ३१ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुन्छ । यसरी विश्वमा महामारी कुपोषण र वातावरण प्रदुषणका कारण भयावह स्थिति सृजना हुने गरेको विभिन्न् तथ्याडकहरुले देखाएका छन् । त्यसैले राजनीतिको दुष्चक्र, वातावरण प्रदुषण, अविकास, गरीबी पछौटेपन र भष्टाचारको जालोबाट मुक्त हुन नागरिक सचेतता संगै दलहरुको नयाँ नेतृत्वले सोच्नु पर्ने बेला आएको छ । त्यसैले मुलुकमा सम्बृद्धि ल्याउन आर्थिक सम्पन्नता मात्र होइन अन्य संरचनाको दिगो प्रभावकारी र मानवमैत्री विकास आवश्यक रहन्छ ।

एक पछि अर्को भेरियण्टका साथ हाम्रै घर आँगनमा आउने दैवी प्रकोप, महामारीबाट बच्न सचेत बनौ । साथै सम्वन्धित निकाय, नागरिक तहमा कार्यरत संघसस्थाहरु जनप्रतिनिधि, प्रशासन र सरकार स्वयम यसमा सचेत हुदै प्रभावकारी सेवा नागरिकको तह सम्म पुर्याउन कुनै कसर बाकीँ राख्नु हुदैन । नागरिकमा पनि सचेतना जरुरी रहन्छ जसका कारण आफु आफ्नो परिवार, छिमेक स्वस्थ हुन मद्धत्त पुग्नेछ । भूकम्पको विपत्तिको करिब पाँच वर्षपछि अहिले कोरोनाका कारण संसार आतंकित छ । दक्षिण एसियाको अवस्था हेर्ने हो भने कोरोनाका कारण सबैभन्दा बढी समस्या गरिब, श्रमिक, मजदुर र सीमान्तीकृत समुदायले भोग्ने निश्चत छ । स्वास्थ्य संकटको अवसर छोपेर कमिसनका लागि सरकारका मन्त्री जमानी बसेर निगमको जहाज निजी कम्पनीलाई उपलब्ध गराउने । तिनै व्यापारीबाट औषधि खरिद गर्ने सरकार, जनताको स्वास्थ्य अधिकारप्रति उत्तरदायी र जिम्मेवार हुन्छ भनेर हिजका दिनमा विश्वास गर्न सकिने अवस्था थिएन । तर आज सरकार फेरीएको छ फेरीएको सरकारले यो हदको निकृष्टता नदेखाउला भन्ने नागरिकको अपेक्षा छ । यो सरकारका लागि संकाको सुविधा मात्र हो । (हरि वाग्ले)

👉 अन्य सम्बन्धित खबरहरु

रक्तश्रावका अश्रुजल पीडाहरू
विचार

रक्तश्रावका अश्रुजल पीडाहरू

February 8, 2025
आफु र समाजका लागि योग
विचार

आफु र समाजका लागि योग

June 21, 2024
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका
विचार

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
विचार

स्वास्थ्य जीवनका लागि सामाजिक पुंजी

November 20, 2023
सोह्र श्राद्ध के हो र किन गरिन्छ ?
विचार

सोह्र श्राद्ध के हो र किन गरिन्छ ?

September 28, 2023
सम्वृद्धिको आधार सामुदायिक बन
विचार

सम्वृद्धिको आधार सामुदायिक बन

March 21, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.