दुलेगौंडा । नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय सदस्यमा तनहुँबाट ४ जना निर्वाचित भएका छन् । एमालेको ११ औं महाधिवेशनमा तनहुँका किरण गुरूङ, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल र भगवती न्याैपाने निर्वाचित भएका हुन् ।
खुलातर्फ केन्द्रीय सदस्यमा किरण गुरुङले १ हजार ६२७ मत, खुलाबाटै कृष्णकुमार श्रेष्ठ (किसान) ले १ हजार ५६० मत, गण्डकी भूगोलबाट केदार सिग्देलले १ हजार ४९७ जनाले मत, खुला महिलाबाट भगवति न्यौपानेले १ हजार ८७३ मत थिए ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका प्रतापलाल श्रेष्ठ, विष्णुभक्त सिग्देल, पूर्णबहादुर गुरुङ र शोभा गुरुङ भने पराजित भएका छन् । प्रतापलाल ५२२ मत पाए । विष्णुभक्तले ७३८ र पूर्णले ८३१ म्त ल्याए । शोभा गुरुङले १ हजार ४४२ मत पाएपनि पराजित भएकी छन् ।













