दुलेगौंडा । तनहुँ सेवा समाज यएईले अल्पायुमै निधन भएका संस्थाका आजिवन सदस्य राजु थापा भुजेलको परिवारलाई नगद १ लाख रुपौयाँ प्रदान गरेको छ । शनिबार संस्थाका अध्यक्ष राजु तिमिल्सिना, वडा सदस्य मान बहादुर क्षेत्री, संस्थापक अध्यक्ष कृष्ण पौडेल, सल्लाहाकार बसन्त राज रिमाल र हिरालाल श्रेष्ठ, सदस्य याम प्रसाद भट्टराई समेतको टोली घरमै पुगेर परिवारलाई नगद हस्तान्तरण गरेको हो ।
मृतक भुजेलले संस्थामा रहेर विशिष्ट योगदान दिएको स्मरण गर्दै परिवारको घाउमा मलम लगाउन संस्था पनि साथमा रहेको संस्थाका अध्यक्ष राजु तिमिल्सिनाले बताए । उनले तनहुँ जन्मभूमी भई युएई पुगेका नेपालीलाई संस्थाका लागि योगदान दिन्छु भन्ने सोचले अगाडी बढ्न आग्रह गरे ।
युएइमा अलपत्र अवस्थामा रहेका नेपालीको उद्धार गर्नका निम्ति २०१८ सालमा तनहुँ सेवा समाज युएई स्थापना भएको थियो । यसले युएईमा रहेका नेपालीलाई एक्येवद्धता गर्नुका साथै देशमा पनि सामाजिक, शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको छ ।













