दुलेगौडा । ४३औँ विपि स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघको आयोजनामा भानुभक्त वहुमुखी क्याम्पस प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बृक्षारोपण अघि नेपाल विद्यार्थी संघ भानुभक्त बहुमुखि क्याम्पस ईकाईका अध्यक्ष एजिना महतको अध्यक्षतामा भएको कार्यक्रमामा नेपाली काँग्रेसका क्षेत्रिय सभापति चुडामणी खनाल, भानुभक्त बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, नेपाल विद्यार्थी संघका जिल्ला प्रवक्ता सरिन आले लगाएतले मन्तव्य राखेका थिए ।

नेपाली राजनीतिका शिखर पुरुष तथा साहित्यकार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रि समेत रहेका विपि कोईरालाको ४३ औँ स्मृति दिवको उनले नेपाली ईतिहासमा गरेको योगदानको स्मरण गर्दै तस्विरमा पुप्प गुच्छा अर्पण समेत गरिएको थियो । बृक्षारोपणमा कल्कि, गुलमोहर, वेल, कपुर, धुपि, अमला लगायतका विरुवाहरु लगाइएको अध्यक्ष महतले वताईन ।













