दुलेगौडा । जनसेवा युवा क्लव शुक्लागण्डकी ११ जरेवरले बैशाख पुर्णीमाको अवसरमा आयोजना गरेको शुद्ध गाउँ तथा साविक वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधी मान्द्रेले हात पारेको छ ।
आइतवार सम्पन्न फाईनल खेलमा आयोजकलाई हराउदै मान्द्रेले प्रथम पुरस्कार नगद ४० हजार सहित शिल्ड र प्रमाण पत्र हात पारेको हो । भलिवल तर्फ आयोजक जनसेवा युवा क्लव द्धित्तिय र क्याङ्दी गाईज तृत्तिय भएको छ। भेट्रान्स तर्फ भने खैरेनीटारले जित हासिल गरेको छ भने आयोजक द्धित्तिय भएको छ ।
चैत्र २५ गते देखि सञ्चालन भएको उक्त मेला ३१ गते फाईनल खेल सम्पन्न भएसँगै समापन गरिएको थियो ।