दुलेगौडा । पञ्चमुनिदेव माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम गरेको छ ।
कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुका लागि आयोजना गरिएको विदाई कार्यक्रममा लोकप्रिय गायिका अस्मिता अधिकारीको समेत प्रस्तुति रहेको थियो । तिमि आउनु…… काले केटाले………फुलै फुल दिन्छौ कि ……. जस्ता लोकप्रीय गित गाएर दर्शकको मन जितिसकेकी गायिकाको प्रस्तुतिमा विद्यार्थीहरुलाई नचाएका थिईन ।
कक्षा ११ कि विद्यार्थी सुदिक्षा रानाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य सहित विविध प्रस्तुती दिएका थिए । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट विदाई समेत गरिएको थियो ।
तनहुँ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको यस विद्यालयमा कक्षा ११ र १२ गरी झण्डै १ हजार विद्यार्यीहरु अध्ययनरत छन् । विज्ञान, व्यवस्थपान, शिक्षा तथा पशु विज्ञान तर्फका कक्षाहरु सञ्चालन भएका कारण विद्यालयमा विद्यार्थीको चाप वढिरहेको छ ।