दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ घडेरीमा साविक वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । मिलेनियम युवा क्लबले ३१ औं श्रीपञ्चमीको अवसर पारेर भलिबल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष नविन गुरुङले बताए ।
वडा स्तरमा रहेका भलिबल खेलाडीको संरक्षण गरि राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार प्रतियोगिता माघ १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुदै छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । द्धितीय हुनेले २५ हजार, तृतीय हुनेले १५ हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, सटर, ब्लकर, सर्बरलाई समेत पुरस्कृत गरिने छ ।
३१ औं श्रीपञ्चमी मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगितासंगै क्बले डोरी तान्ने तथा छेलो प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता, भेन्ट्रान्स भलिबल प्रतियोगिता साथमा विविध संस्कृतिक कार्यक्रम सञ्चालन हुने क्लबका सदस्य टुकबहादुर गुरुङले बताए ।