• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home विचार

प्रत्यक्ष निर्वाचनमा कहाँ गयो महिलाको ३३ % ?

हरि खरेल by हरि खरेल
October 10, 2022
in विचार
A A
0
प्रत्यक्ष निर्वाचनमा कहाँ गयो महिलाको ३३ % ?
Share on FacebookShare on TwitterEmail this

नेपालीहरूको महान् चाडमध्येको एक चाड ‘बडादसैँ’ सकिँदा नसकिँदै अर्को महान् चाड ‘चुनाव/निर्वाचन’को आईतबारबाट उम्मेद्वारी दर्ता गराएर घटस्थापना गरियो । उम्मेद्वारी दर्ताको क्रममा कोही बिहान एक, जिल्ला बेलुका अर्को जिल्ला गरेको देखियो । कोही बिहान एक पार्टी, बेलुका अर्को पार्टी सरेको देखियो भने कोही बिहानसम्म पार्टीको सङ्गठित सदस्य बेलुका स्वतन्त्र भएको पनि सुनियो । यी अनेकौँ क्रियाकलाप र गतिविधिहरूका बिच दुर्भाग्यका साथ भन्‍नुपर्दा महिला चेहेरा र आवाज अत्यन्तै न्युनतम रूपमा देख्न अनि सुन्‍न पाइयो ।

प्रत्यक्षतर्फ पचास प्रतिशत टिकट पाउनुपर्ने माग महिला नेतृहरूले राख्दै आए पनि संविधानमै उल्लेख भएको ३३% को पनि उमेदवारी परेको छैन । संसद्‌मा महिला प्रतिनिधित्व बढाउन अन्तराष्ट्रिय अभ्याससहितको बहस पनि चल्दै आएको थियो तर आगामी प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला उमेद्वारको सङ्ख्या अत्यन्तै न्यून देखिएको छ ।

मुख्य तीन दल नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादीले १६५ वटा निवार्चन क्षेत्रमध्ये १९ वटा क्षेत्रमा मात्रै महिला उमेद्वार छानेको छ ।

नेकपा एमालेबाट टिकट पाउने महिला उम्मेद्वारहरूमा :

सुनसरी – ३ मा भगवती चौधरी
दाङ-१ मा शान्ता चौधरी
दाङ-३ मा कोमल वली
स्याङ्जा-२ मा पदमा अर्याल
कास्की-२ मा बिदया भट्टराई
डोटीमा गौरी वली
कञ्चनपुर-३ मा निरूदेवि पाल

काङ्ग्रेसबाट टिकट पाउने महिला उम्मेद्वारहरूमा :

मोरङ-२ मा सुजता कोइराला
सिराहामा चित्रलेखा यादव
अर्घाखाँचीमा पुष्पा भुसाल
मकवानपुरमा टिना उपादध्य
तेह्रधुममा सीता गुरुङ

माओवादीबाट टिकट पाउने महिला उम्मेद्वारहरूमा :

काठमाडौं क्षेत्र न. २ मा ओनसरी घर्ती मगर
काठमाडौँ क्षेत्र न. ७ मा मानुसी यमि भट्टराई
काठमाडौं क्षेत्र न. ९ मा कल्पना धमलासाथै बिना मगर , रेखा शर्मा , गोमा गौतम , पम्पा भुसाल ।

२०७४ सालको निर्वाचन कुल २७५ सिटमा ६ जना महिला प्रत्यक्ष निर्वाचन भएको थिए भने ८४ जना समानुपातिकबाट निर्वाचित भएका थिए ।

कोटा पूरा गर्ने बहानामा सामानुपातिकबाट महिला निर्वाचित गरेर महिला प्रतिनिधित्व देखाउने परम्परा राजनितिक दलहरूले पछ्याउँदै आइरहेको देख्न सकिन्छ । विद्यार्थी सङ्गठनको अध्यक्षजस्तो पदमा रहेर बिद्यार्थी राजनीतिको आन्दोलन हाँकिरहेका सक्षम र काबिल महिलाहरूलाई पनि प्रत्यक्ष निर्वाचनमा अवसर नदिई समानुपातिकबाट निर्वाचित गर्नु भनेको सिङ्गो महिला वर्गको सक्षमता, क्षमता अनि योग्दान र त्यागमाथि अन्याय गर्नु हो । हिजो ुरामकुमारी झाक्रीुदेखि आज ुसुनिता बरालुसम्म सबै सामानुपातिकमा किन रु जबकि उनीहरूसँग मैदानमा उत्रने क्षमता अनि योग्यता छ ।

अन्तराष्ट्रिय उदाहरण हेर्ने हो भने ुडेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड, न्युजिल्याण्ड, जर्मनी र स्लोभाकियाु आदि मुलुकहरूको सिर्स पदमा महिलाको नेत्रित्व देख्न सकिन्छ । हाम्रो देश अनि हाम्रो समाजमा मात्र कहिलेसम्म महिलाको योग्दान अनि क्षमताअनुसारको उचित मुल्याङ्कन नगरी पितृसत्तात्मक रुढिवादी सोच राखि रहनेरु कहिलेसम्म महिलालाई समानुपातिकमा मात्र सिमित राख्नेरु कहिलेसम्म कोटा पूरा गर्नका निम्ति मात्र महिलाको सहभागिता देखाउने रु असल सहभागिता र प्रतिस्पर्धाको अवसर कहिले पाउनेरु भिड्न चाहने महिलालाई मैदानमा उत्रन कहिले दिने ?

लेखक : स्मृति अधिकारी ( शुक्लागण्डकी नगरपालिका–२)

👉 अन्य सम्बन्धित खबरहरु

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
विचार

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो

July 4, 2025
रक्तश्रावका अश्रुजल पीडाहरू
विचार

रक्तश्रावका अश्रुजल पीडाहरू

February 8, 2025
आफु र समाजका लागि योग
विचार

आफु र समाजका लागि योग

June 21, 2024
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका
विचार

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
विचार

स्वास्थ्य जीवनका लागि सामाजिक पुंजी

November 20, 2023
सोह्र श्राद्ध के हो र किन गरिन्छ ?
विचार

सोह्र श्राद्ध के हो र किन गरिन्छ ?

September 28, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.