जिन्दगी भोगाइका केही थान याद बोकेर
उ शहर पसेको हो!
एकात्मक लय त्याग्न खोज्दै!
फेरिएको परिवेश!
फेरिएको भात भान्सा!
फेरिएको ओछ्यानमा सुतेर!
हजारौं सपना हरु देखेको छ!
बन्दकोठाको भित्तामा!
कुनै चित्रकारले कोरेको तस्वीर हेरेर!
घरीघरी आक्रामक बन्दै छ!
घरीघरी सुस्ताउदै छ!
चित्रलाई विभिन्न कोणबाट नियाल्छ!
हुबहु उस्तै!
ओठ, नाक, आँखा अनि निधार!
उ चिउडो सम्म नियाल्छ!
अनि बिस्वस्त हुन्छ!
अनुहारमा चमक छाउछ!
हृदय फूलेर आउछ!
सम्झदै बिगत हार्दिकता प्रकट गर्छ!
भित्ताको चित्र लाई नियाल्दै!
बसिरहेको ठाउँबाट जुरुक्क उठ्छ!
अनि!
स्पर्श गर्न खोज्छ त्यो तैल चित्रकला लाई
अहँ उ सक्दैन सक्दै सक्दैन!
जब सिंगो चित्र नियाल्छ!
चित्रमा नंग्नता देख्दैछ!
हुबहु आमाकै आकृति देख्दैछ!
आफ्नै देशको नेपालको नक्सा भेटदै्छ!