दुलेगौंडा । दुलेगौंडामा नेपाली कथानक चलचित्र `ज्ञानशास्त्र´ को प्रदर्शनी हुने भएको छ । निर्माण पक्षले च्यारिटी शो गरेर दुलेगौंडाको ह्वाइट हाउसमा भोलि (जेठ ३० गते) उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो ।
चलचित्र शिक्षा र सामाजिक समस्यामा आधारित रहेको चलचित्र निर्देशक दिनेश कुँवरले बताए । चलचित्रमा शिक्षाको महत्त्व र बाल मनोविज्ञानलाई प्रस्तुत गरिएको छ ।
चलचित्रको निर्देशक दिनेश कुँवर र निर्मातामा प्रेम बहादुर श्रेष्ठ रहेका छन् । चलचित्रको मुख्य भूमिकामा स्मारिका ढकाल र समीर खान रहेका छन् भने उनीहरूलाई सुरवीर पण्डित, रविन्द्र झा, नरेश पौडेल, सुशील पोख्रेल, आयुस श्रेष्ठ, आकृती श्रेष्ठ खाँड,सेजल जिसी र दिनेश कुँवरले साथ दिने छन् ।














