दुलेगौंडा । आन्तरिक राजश्व कार्यालय तनहुँको आयोजना तथा सहकारी व्यवस्थापक क्लब शुक्लागण्डकीको समन्वयमा कर सम्बन्धी तालिम सम्पन्न भएको छ। सहकारी क्षेत्रमा कर सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको क्लबका अध्यक्ष मिलन पौडेलले बताए ।
शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले वर्तमान समयमा सहकारी क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै संस्थागत सुशासन, पारदर्शिता र कानुनी व्यवस्थाको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
तालिममा आन्तरिक राजश्व कार्यालय तनहुँका कर अधिकृत हिमलाल चापागाईंले सहकारी संस्थामा लागू हुने कर व्यवस्था, आयकर, मूल्य अभिवृद्धि कर (VAT), कर विवरण बुझाउने प्रक्रिया, विद्युतीय प्रणालीको प्रयोग तथा पछिल्ला कर सम्बन्धी व्यवस्थाबारे सहजीकरण गरेका थियो ।
कार्यक्रमको स्वागत मन्तव्य बाबुराम देवकोटाले व्यक्त गरेका थिए भने सञ्चालन सूरज लम्सालले गरेका थिए ।













