दुलेगौंडा । तनहुँ फर्निचर तथा फर्निसिङ व्यवसायी संघ शुक्लागण्डकीले हरेक शनिबार पसल बन्द गर्ने निर्णय गरेको छ । समितिको वैशाख ३१ गते बसेको नियमित बैठकले शुक्लागण्डकी भित्र हरेक शनिबार फर्निचर व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले शनिबार र आइतबार विदा दिदाँ सोमबार बजार बन्द प्रभावित भएकाले शनिबार बन्द गर्ने निर्णय गरिएको संघका सचिव रमेश भण्डारीले बताए ।














