• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home कोरोना अपडेट

लकडाउन खुल्यो, भीडभाड पनि बढ्यो तर, पसलमा ग्राहक आएनन

Staff Reporter by Staff Reporter
October 9, 2020
in कोरोना अपडेट
A A
0
Share on FacebookShare on TwitterEmail this

लकडाउन खुलेर बजारमा चहलपहल शुरु भयो । तर व्यापार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । पसल खुलेपनि ग्राहक नआएको उनीहरुको गुनासो छ ।लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन सकेको छैन । उधारो उठ्न नसकेको र सामान थप गर्न नगद किन्नुपर्ने बाध्यता भएको व्यवसायीहरुले बताएका छन् । नारायणगढको पुल्चोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्सका सञ्चालक सूर्यभक्त अधिकारी पहिलेको तुलनामा २५ प्रतिशत पनि व्यापार नभएको बताउनुहुन्छ ।

आम्दानीको स्रोत घटेको र कोरोनाको त्रासका कारण ग्राहक कम भएको उहाँको भनाइ छ । मध्यम र न्यूनस्तरका ग्राहकहरुको आम्दानी नहुँदा बजार प्रभावित भएको अधिकारी बताउनुहुन्छ । सञ्जु एयर कन्डिशन नारायणगढका सञ्चालक विष्णु कँडेल १० प्रतिशत पनि व्यापार नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अत्यावश्यक क्षेत्रमा बाहेक अन्यत्र व्यापार हुन सकेको छैन ।”

फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष खिमलाल अर्याल पहिलेको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको बताउनुहुन्छ । बजारमा मान्छेको भीडभाड बढ्दै गएको भए पनि व्यापार हुन नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “कोरोनाको डर एकातर्फ, अर्कोतर्फ क्रय शक्ति नै घट्यो ।” जिल्लामा फेन्सीमात्र पाँच हजारभन्दा बढी रहेको भन्दै उहाँले यस क्षेत्रमा मात्र रु १५ अर्बभन्दा बढी लगानी भएको बताउनुभयो । घरभाडा, कर्मचारीको पारिश्रमिक र बंैकको ब्याज तिर्न सक्ने अवस्थामा व्यवसायीहरु नरहेको उहाँको भनाइ छ । पसल खोलेर कुर्ने काममात्र भएको अर्यालले बताउनुभयो ।

फेन्सीमा जुत्ता र कस्मेटिक व्यवसायी पनि पर्दछन् । सामान्यतया जुत्ता दुई वर्षपछि आफैँ उप्कने भन्दै अर्यालले धेरै सामग्री बिग्रिएर जाने अवस्थामा रहेको बताउनुभयो । कस्मेटिक सामग्रीको म्याद सकिने र कपडाको डिजाइन जाने भएकाले व्यवसायीले ठूलो नोक्सानी व्यहोर्ने अवस्थामा पुगेको जनाएका छन् ।

कपडा व्यवसायी सङ्घ चितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको पनि उस्तै गुनासो रहेको छ । अहिले पसल कुरेर बस्दा २० प्रतिशत पनि व्यापार गर्न नसकेको उहाँले दुःखेसो पोख्नुभयो । विदेशबाट पैसा आएको छैन यहाँको पनि आम्दानी नभएपछि कसरी व्यापार गर्ने उहाँले गुनसो गर्नुभयो । जिल्लामा दुई सय ५० हाराहारी कपडा पसल रहेका छन् । व्यापारीले घरभाडा तिर्न नसकेको श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले भाडामा दिएको दुईवटा सटरको भाडा तिर्न उनीहरुले सकेका छैनन् ।”

किराना व्यवसायीको पनि आफ्नै गुनासो रहेको छ । अत्यावश्यक सामग्रीमा पर्ने भएकाले ५० प्रतिशत हाराहारी व्यापार भए पनि खर्च धान्न सक्ने अवस्था नरहेको किराना व्यवसायी सङ्घ चितवनका अध्यक्ष रवीन्द्र श्रेष्ठ बताउनुहुन्छ । जिल्लामा तीन हजारभन्दा बढी किराना व्यवसायी रहेको उहाँले जानकारी दिनुभयो ।

व्यापार कम भए पनि खर्च उही हुने गरेको छ । उहाँले भन्नुभयो, “अहिले नगदमा सामान ल्याउनु पर्छ । उधारोमा बेच्नुपर्ने बाध्यता रहेको छ”, पुरानो उठाउनुपर्ने रकम उठ्न नसक्दा व्यवसाय धान्न मुस्किल भएको श्रेष्ठले बताउनुभयो । होटल तथा रेष्टुरेन्ट बन्द हुँदा व्यवसाय प्रभावित छ ।

अरू काम नपाएपछि खाली सटर खोजेर किराना व्यापार गर्नेहरु बढ्दै गएकाले पनि पुराना व्यवसायीको व्यापार घट्दै गएको छ । जिल्लाको प्रमुख शहरी क्षेत्रमा एउटै सटरको रु ५० हजारसम्म भाडा तिर्नुपर्ने हुन्छ । उद्योग वाणिज्य सङ्घ र वस्तुगत सङ्घसंस्थाको पहलमा घरधनीले एक महिनादेखि दुई महिनासम्म भाडा छुट गरेका छन् ।

बजारमा लकडाउन हटेसँगै मानिसको आवतजावत केही बढेको छ । यद्यपि अन्य सुनचाँदी, तरकारी तथा फलफूल, होटल, हार्डवेयर, इलेक्ट्रोनिक्स लगायतका अधिकांश व्यवसाय प्रभावित छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ सार्वजनिक यातायात सञ्चालन नभएका कारण व्यापार हुन नसकेको बताउनुहुन्छ । सार्वजनिक यातायात सञ्चालन हुँदा छिमेकी जिल्ला र यसै जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा सामान किन्नका लागि बजार आउने गर्दथे । लकडाउनपछि कोरोनाको त्रासले अत्यावश्यक काम चलाउ सामग्री स्थानीय बजारमा किनमेल गरेर गर्जो टार्ने गरेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँमा थप ११ जनामा कोरोना पुष्टि
कोरोना अपडेट

तनहुँमा थप ११ जनामा कोरोना पुष्टि

February 7, 2022
तनहुँका ३९ जनामा कोरोना पुष्टि
कोरोना अपडेट

तनहुँका ३९ जनामा कोरोना पुष्टि

January 27, 2022
खोप केन्द्रमै कोरोनाको जोखिम
कोरोना अपडेट

खोप केन्द्रमै कोरोनाको जोखिम

January 20, 2022
शुक्लागण्डकीका कर्मचारीलाई कोरोना पुष्टि
कोरोना अपडेट

शुक्लागण्डकीका कर्मचारीलाई कोरोना पुष्टि

January 18, 2022
खोप कार्ड अनिवार्य
कोरोना अपडेट

खोप कार्ड अनिवार्य

January 16, 2022
फेरी बन्द हुने भए फिल्म हल
कोरोना अपडेट

फेरी बन्द हुने भए फिल्म हल

January 16, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.