दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका स्तरीय तेक्वान्दो बिकास समितीको अध्यक्षमा हरि तिमिल्सिना चयन भएका छन् । मंगलबार दुलेगौंडामा भएको भेलाले तिमिल्सेनाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्ण प्रसाद भुसाल, सचीवमा रन्जन परियार, कोषाध्यक्षमा बिष्णु थापा र सह सचीवमा संगीता थापा चयन भएका छन् । यसैगरी सदस्यहरुमा देउ माया नेपाली, धन बहादुर परियार, सुन माया थापा र युगेन थापा चयन भएका छन् ।
समिति गठन कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ, संघका उपाध्यक्ष लक्ष्मी पाण्डे, कोषाध्यक्ष माइकल कर्माचार्य र राष्ट्रिय खेलकुद परिषदका उप–निर्देशक बलराम लामा, लगायतको उपस्थिती रहेको थियो ।