गैरआवासीय नेपाली संघ डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको अध्यक्षमा शुक्लागण्डकी नगरपालिकाका बिष्णुप्रसाद गिरी निर्बिरोध रुपमा अध्यक्षमा निर्बाचित भएका छन् ।
हिजो सम्पन्न गैरआवासीय नेपाली संघ डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको साधारण सभाबाट गिरी अध्यक्षमा पदमा निर्बिरोध निर्बाचित भएका हुन् । सभाबाट अमृत (ढक बहादुर )क्षेत्री सर्वसम्मत रुपमा आइसिसी सदस्यमा चयन भए ।
संघको उपाध्यक्षमा दिपक सुनार, जीवन भण्डारी, बिक्रम पाण्डे र राम खत्री, महासचिवमा दिवाकर अधिकारी, कोषाध्यक्षमा हिमाल खनाल, सचिबमा दिनेश गैरे , सह(कोषाध्यक्षमा सालिक राम पौडेल, युवा संयोजकमा चन्दन पुरी, प्रवक्तामा आशिष परियार निर्बाचित भएका छन् ।
त्यसैगरी सभाले सदस्य पदमा मोहन बिष्ट, भानुदेब भट्ट, शुक्रराज कामी, मान बहादुर रावत, हितमान भुषाल र खड्क बहादुर सुनारलाई चयन गरेको छ ।