मातृभूमिका लागि विश्वभरका रोल्पालीहरु गोलबन्ध होऔ ” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको ५ औँ बर्षगाठको अवसरमा प्रवास शाखा साउदीले भाग्यशाली उपहार तथा सांस्कृतिक कार्यक्रम सहित भब्यरुपमा मनाएको छ।
समाजको अध्यक्ष महेन्द्र घर्तीको अध्यक्षतामा नेपाली राजदुतावासका पुर्बी क्षेत्रका स्थानीय प्रतिनिधि नारायण पासवानको प्रमुख आतिथ्यमा, साउदी अरबमा सक्रिय संघसंगठनका अध्यक्ष तथा प्रतिनिधित्वहरु तथा सामाजिक ब्यक्तित्वहरुको आतिथ्यमा नेपाली श्रमिकहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। मानवीय तथा सामाजिक सहयोगमा अग्रमोर्चा रहदै आएको रोल्पालीहरुको समाजले आयोजना गरेको कार्यक्रममा सामाजिक अभियन्ता बिपिन झाक्री , नेपाली दिदीबहिनी समुह साउदीका अध्यक्ष तुलसी माया गुरुङलाई दोसल्ला ओढाएर र गैर आवासीय नेपाली संघ ,मध्यपुर्ब संयोजक राजेन्द्र अर्याललाई बिशिस्ट सम्मान प्रदान गरेका थिए। समाजले संस्थाका पदाधिकारी र अन्य सामाजिक संघसंगठन तथा ब्यक्तित्वलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
ईद बिदाको अबसर आयोजित उक्त कार्यक्रममा स्थानीय कलाकारद्वारा बिबिध सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। म्हेन्दोमाया गायक रोम लामा ,फ्रणिन्द्र कार्की ,प्रज्वल मगर , गौरव तामाङ ,तेम्बा लामा ,दिब्या थापा ,दीक्षा थापा ,राम कुमार जिमी लगायतका कलाकारले उत्कृष्ट प्रस्तुति दिएका थिए। समाजको सामाजिक अभियानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित भाग्यशाली बम्पर उपहार योजना( लक्की ड्र)को नतिजा सार्वजनिक गरिएको छ। उक्त उपहार कार्यक्रमको प्रथम पुरस्कार सुनको सिक्री राजु कुमाल ,द्वितीय पुरस्कर मोबाइल फोन मुकेश ,तृतिय पुरस्कर स्मार्ट टिभी राजकुमार राई ,चौथो पुरस्कार स्मार्ट वाच दिल थापा र सात्वना पुरस्कार आईरन नन्दराम र अजयले जित्न सफल भएका छन् । कार्यक्रममा हजार टिकट बिक्रिका लागि राखे पनि १८ वटा टिकट बिक्री नभएको समाजले जानकारी दिए। एउटा टिकटको मुल्य रु २० रियाल रहेको थियो। त्यसैगरी समाजका अध्यक्ष घर्तीले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्नुभएको छ। उमान सिंह घर्तीले स्वागत मन्तव्य दिएको कार्यक्रम हरी खत्रीले संचालन गरेका थिए ।