कर्मचारीहरुलाई आफ्नो फोनबाट टिकटक हटाउन डेनमार्कको सरकारले आदेश दिएको छ ।
यो निर्णय सुरक्षाको कारण देखाउँदै गरेको हो, फलस्वरूप टिकटकमाथि यस्तो कदम उठाएको हो । डेनमार्क सरकारले टिकटक एपको सुरक्षा र डाटाको गोपनीयताका विषयमा पनि चिन्ता व्यक्त गरेको छ ।
यस अघि अमेरिकाले समेत टिकटक संचालनमा बन्देज लगाएको थियो । नेपालमा पनि टिकटकले धेरै असर पारेको र नेपाली संस्कृति र परम्परालाई चुनौती दिएको साथै छाडापन बढेको भन्दै केहि अभियन्ताहरुले टिकटक बन्द गर्नु पर्ने धारण ब्यक्त गरेका छन् ।
(एजेन्सी)