इन्धन अभावले बिद्यालय बन्द गरिएको छ । सरकारी तथा सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको अधिकारीले बताएका छन्।
लामो आर्थिक संकट बेहोरेको श्रीलंका माथी थप संकट थपिदै गएको छ ।
श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न भन्दै अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साता रोक्ने घोषणा गरेको थियो।
सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित अधिकांश पेट्रोल पम्प बन्द छन्।