एजेन्सी । अफ्रिकी देशहरूमा कोरोना भाइरसको नयाँ संस्करणको रूपमा देखिएको ओमिक्रोनु महामारीको प्रभाव २२ मुलुकमा फैलिएको छ ।बुधबार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यस्तै साउदी अरबमा पनि एकजना कोभिड (१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । दक्षिण कोरियामा पनि ओमिक्रोनका संक्रमित फेला परेका छन् ।
नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये युरोपमा बेलायतसहित अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको सीएनएनले जनाएको छ । एसियामा जापानसहित इजरायल, दक्षिण कोरिया र हङकङमा ओमिक्रोन फेला परेको छ । त्यस्तै, अष्ट्रेलियामा ओमिक्रोन संक्रमितको संख्या ६ पुगेको अधिकारीहरूले बताएका छन् ।
सुरुमा पहिचान भएको दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमित ७७ पुगेका छन् भने बोत्स्वानामा १९ जनालाई यो भेरियन्टले संक्रमण गरेको छ । क्यानाडामा समेत ३ जनामा ओमिक्रोन पुष्टि भएको छ ।