एजेन्सी । अफ्रिकी देशहरूमा कोरोना भाइरसको नयाँ संस्करणको रूपमा देखिएको ‘ओमिक्रोनु’को महामारी आफ्नो देशभित्र प्रवेश नगरोस् भन्ने उद्देश्यले विदेशबाट आउनेहरूलाई जापान प्रवेशमा निषेध गर्न लागिएको जपानका प्रधानमन्त्री फुमियो किशिदाले जानकारी दिए ।
‘हामीले चाँडै नै विदेशबाट आउनेहरूलाई देश प्रवेशमा रोक लगाउनेछौँ, त्यो कुनै देश विशेषका लागि मात्रै नभएर विश्वभरिका कुनै पनि देशबाट आउनेहरूलाई रोक लगाउन लागिएको हो’, प्रधानमन्त्री किशिदाले भनृ। उनले नोभेम्बर ३० तारिखदेखि प्रतिबन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिएका छन् । जापानमा यसअघि पनि महामारीलाई न्यूनीकरण गर्न भन्दै धेरैजसो नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेहरूलाई परीक्षणमा कडाइ गरिएको थियो ।
जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको ज्यान गएको छ भने ७६ दशमलव ५ प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोप दिइसकिएको छ ।