एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि अमेरिकाको न्युयोर्कमा संकटकालको घोषणा गरिएको छ ।
न्ययोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेका हुन् । संकटकाल लागु गरिएसँगै न्युयोर्कको अस्पतालको क्षमता वृद्धि गरिएको छ ।
उता न्युजिल्याण्डमा तीन साताका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि लकडाउन लागु गरिएको छ । लकडाउनका समयमा पसलहरु बन्द रहने न्युजिल्याण्ड सरकारले जनाएको छ ।