• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र १७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home विचार

सोह्र श्राद्ध के हो र किन गरिन्छ ?

हरि खरेल by हरि खरेल
September 28, 2023
in विचार
A A
1
सोह्र श्राद्ध के हो र किन गरिन्छ ?
Share on FacebookShare on TwitterEmail this

यहि असोज १३ गतेदेखि सोह्र श्राद्ध सुरु हुदै छ । तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । यसै सन्र्दभलाई आधार मानेर पुरोहित शिवकुमार श्रेष्ठसंग शुक्ला न्यूजले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

सोह्र श्राद्ध भनेको के हो ?

आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । हुन त एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन कृष्ण औँसी (जमरे औंसी) सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । पितृहरुको सम्झनामा श्रद्धापूर्वक तर्पण, पिण्ड र दान गर्ने लगायतका काम गरिने भएकाले त्यसलाई सोह्र श्राद्ध भनिएको हो ।

खासमा सोह्र किन गरिन्छ ? शास्त्रमा सोह्र श्राद्धको विषयमा के भनिएको छ ?

आकाश मण्डलको उत्तरी क्षेत्र देवताको तथा दक्षिण क्षेत्र पितृहरूको मानेका छन् । उत्तरी क्षेत्रमा सूर्य एवम दक्षिण क्षेत्रमा चन्द्रमाको अधिकार मानेका छन् । पितृ चन्द्रमाबाट शक्ति प्राप्त गर्छन यसै कारणबाट आफ्नो कुलका तीन पुस्ता सम्मकोलाई तर्पण, पिण्ड आदि प्रसादबाट तृप्त भएर उनीहरूलाई आशीर्वाद प्रदान गर्दछन् । त्यसैले पितृको आशिष प्राप्त गर्नका लागि श्राद्ध गरिन्छ । शास्त्रमा पनि यहि कुरालाई उल्लेख गरेको पाईन्छ ।

हरेक पुजाको आफ्नै विधि हुन्छ । त्यस्तै यो सोह्र श्राद्धको विधि के हो ? कसरी गरिन्छ नि ? प्रमुख तीथिहरु कुन कुन हुन ?

यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो । पहिले, पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राह्मण राखिएको हो । ब्राह्मणलाई क्रमशः व्रमा,विष्णु,महेश्वरको रूपमा अगाडी राखिन्छ । अन्य श्राद्धको विधि जस्तै सुरूमा देव–मनुष्य–दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरू हुन्छ । पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ । श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ ।

प्रमुख तिथिहरू
आश्विन कृष्णपक्ष पन्चमी श्राद्ध 
यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ। यसलाई कुमार पञ्चमी पनि भन्दछन् ।

आश्विन कृष्णपक्ष नवमी श्राद्ध 
यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन् । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।

आश्विन कृष्णपक्ष एकादशी एवम द्वादशी श्राद्ध 
यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधी छ जसले संन्यास लिएको छ।

आश्विन कृष्णपक्ष चतुर्दशी श्राद्ध
यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तै( दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु आदि ।

सोह्र साद्धको दिनमा नै एउटै पुजारीले धेरै ठाउँमा श्राद्ध गर्दै हिड्छन् । यो गर्न हुन्छ हुदैन ? तपाईको विचारमा सोह्र श्राद्धमा कस्ता विकृति देखा परेको छ जस्तो लाग्छ ?

कुरा रह्यो पुजारीको । पुजारीहरूको पनि धेरै गल्तीहरू छन् । जस्तै सोह्र श्राद्ध एक दिनमा एक ठाउँमा भन्दा धेरै गर्नुहुँदैन । तर, एउटै पुजारीले ३/४ ठाउँमा गरिने चलन पनि गलत हो ।

पछिल्लो समय श्राद्धमा पनि धेरै विकृति देखा पर्न थालेको छ । अझ भन्ने नै हो भने अहिले त श्राद्ध देखाउनका लागि गर्ने गरेको देखिन्छ । तर, श्राद्ध गुप्त रूपमा गर्नुपर्छ । श्राद्धको दिन घरमा दही मोथ्ने, कपाल काट्ने गरेको देखिन्छ, यो सबै अगिल्लो दिन गरिने कार्य हो र कपाल मुण्डन नगरीकन गरिएको तर्पण कार्य पितृले अस्वीकार गर्छ । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, विवाह र विवाहको कुरा झिक्न वर्जित छ तर सबै परिवार एकै ठाउँमा जुटेको बेला यस्तो कार्यहरू धेरै ठाउँमा गरेको देखिन्छ । श्राद्ध सकेपछि प्राय मानिसहरूले गर्दा गर्दै अन्य पूजाहरू पनि आज एकैसाथ गरौं भनेर गरेको पनि पाईएको छ जस्तै भूमि पूजन, इनार पूजा, व्यापारको श्रीगणेश आदि । यस्ता कार्यहरू गर्नु हुँदैन ।

अन्त्यमा तपाई थप केहि भन्न चाहानुहुन्छ र ?
प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।पितृपक्षमा श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ । श्राद्धमा छोरीको छोरा (नाति) लाई पवित्र मानिन्छ। आजकल तिथि विना पनि कार्यहरू गर्ने गरेको देखिन्छ। तिथि विनाको कुनै पनि कार्यको फल प्राप्त हुदैन । त्यसकारणले जुन कार्य गर्ने हो तिथि अनुसार कार्य गर्न अनुरोध गर्दछु ।

शिवकुमार श्रेष्ठ सामाजिक र धार्मिक कार्यमा सक्रिय छन् । उनि शुक्लागण्डकी नगरपालिकाका–४ का पूर्व वडाध्यक्ष पनि हुन । हाल उनि पुरेहितको काम गरिरहेका छन् । साथै कर्मकाण्ड सम्बन्धी तालिम दिदै हिड्ने गरेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
विचार

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो

July 4, 2025
रक्तश्रावका अश्रुजल पीडाहरू
विचार

रक्तश्रावका अश्रुजल पीडाहरू

February 8, 2025
आफु र समाजका लागि योग
विचार

आफु र समाजका लागि योग

June 21, 2024
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका
विचार

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
विचार

स्वास्थ्य जीवनका लागि सामाजिक पुंजी

November 20, 2023
सम्वृद्धिको आधार सामुदायिक बन
विचार

सम्वृद्धिको आधार सामुदायिक बन

March 21, 2023

Comments 1

  1. Pingback: सोह्र श्राद्ध के हो र किन गरिन्छ ? | Bishow Nath Kharel

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.