दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बन्केवा युनाईटेड युथ क्लबले उक्त प्रतियोगिता आयोजना गरेको हो ।
स्थानीय स्तरमा रहेको खेलाडीको संरक्षण गर्दै गाउँको प्रबद्धन गर्न प्रतियोगिता आयोजना गरेको क्लबका सदस्य लक्ष्मण सुनारले बताए । सुनारका अनुसार प्रतियोगिता पुस ९ र १० गते बन्केवा स्थित खेलमैदानमा हुने छ ।
प्रतियोगितामा प्रथम हुनेले बोका साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । द्धितीय पुरस्कार भने सहभागि टिमको आधारमा प्रदान गरिने आयोजकले बताएको छ ।