दुलेगौंडा । तनहुँको भिमादमा भोलि (मंसिर ७ गते एकादसीको दिन) देखी राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सुरु हुदै छ । युवा क्लब भिमादले आयोजना गरेको भिमाद अर्ना कप ‘११ ए साइड’ फुटबल प्रतियोगिताको उद्घाटन खेल शुक्लागण्डकी फुटबल क्लब र नेपाल यूनाईटेड युथ क्लब(युके) बिच दिउसो १ बजेदेखि सुरु हुने खेल संयोजक ज्ञानेन्द्र गुरुङले बताए ।
प्रतियोगिताको उद्घाटन भिमाद नगरपालिकाका मेयर ददिराज सुवेदीले गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा हालसम्म १२ टिम सहभागि रहेका छन् । जहाँ संगम फुटबल क्लब, पोखर, ज्योतीपुञ्ज युथ क्लब, युथ क्लब भिमाद (रेड), युथ क्लब भिमाद (निलो), दीगो युथ क्लब भोटेपानी, डेडगाउँ फुटबल क्लब, तनहुँ–११ (दमौली), ढुकुर पोखरी युवा सञ्जाल, देवदह ब्वाईज (रुपन्देही), शुक्लागण्डकी फुटबल क्लब, नेपाल यूनाईटेड (युके) र एल पि एसोसियसन कास्की रहेको खेल संयोजक गुरुङले बताए ।
प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २२२ र उपविजेता टिमले १ लाख ११ हजार १११ साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । व्यक्तिगत विद्यातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार , ट्रफि र प्रमाण पत्र पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर र डिफेन्डरले जनही नगद ५ हजारसहित ट्रफि र प्रमाणपत्र हात पार्नेछ ।