दुलेगौंडा । नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजको उपाधिका लागि आज युएईसंग खेल्दै छ । सिरिजको फाइनल खेलमा आज युएईसँग टस हारेको छ। टियु क्रिकेट मैदानमा भएको टस युएईका कप्तान मोहम्मद वासिमले जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् । खेल ११ बजे टीयू क्रिकेट मैदानमा सुरु हुँदैछ ।
नेपाल अपराजित हुदै फाईनलमा प्रवेश गरेको थियो । यसअघि सिरिजको लिगमा नेपालले युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो । नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो । दुबै टोलीको समान २ अंक थियो ।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी ।