काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का विजयी भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका खड्काले शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् ।
क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रशान्त विक्रम मल्लले ३७ मत पाएका छन् । खड्काले ११ मतान्तरले विजयी भएका हुन् । नेपाली क्रिकेटलाई बिश्वसामु चिनाउन महत्वपुर्ण भूमिका खेलेका पारसको जितले नेपाली क्रिकेटको भविष्यमा केहि नयाँ पन आउने आकलन गरिएको छ ।