दुलेगौंडा । आज विपि कोईरालाको ११० औं जन्मजयन्ती, देशभरी विपिकको सम्झनामा विभिन्न कार्यक्रम गरि जन्मजयन्ती मनाईदै छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा पनि नेपाली कांग्रेस जिल्ला शाखा तनहुँ र नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ ले दुलेगौंडामा रहेको विपिको शालिकमा माल्याणपर्ण कार्यक्रम गर्नुका साथै जिपि कोईराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा रहेको विरामी भेटघाट गरि फलफूल वितरण कार्यक्रम गरि विविको सम्झना गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको जिल्ला सभापति एवम् गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रकाश आलेले नेपाली कांग्रेस जननायक विपि कोईरालाको विचार पथमा अगाडी बढ्नुपर्ने बताए । कोईरालाले नेपाली साहित्य र राजनीतिको क्षेत्रमा दिएको योगदानको सबै नेपाली, साहित्यकार र राजनीतिज्ञले सम्मान गर्नुपर्ने बताए ।
माल्याणपर्ण कार्यक्रममा अर्थमन्त्री आले सहित तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनाल, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, रिसिङ गाउपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस तनहुँ क्षेत्रनम्बर २ का सचिव सन्तोष श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।