दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका लगायत भिमाद, रिसिङ, घिरिङ क्षेत्रमा आज दिउसो विद्युत भोल्टेज कम आउने भएको छ ।
दमौली–खैरेनीटार ३३ के.भि लाईनको जामुने–थर्पु खण्डमा सडक मापदण्ड भित्र परेका पोलहरु स्थानान्तरण गर्नुपरेको हुदाँ वैकल्पिक रुपमा लेखनाथ सवस्टेशन बाट लाईन सप्लाई गरिने हुदाँ यस क्षेत्रमा भोल्टेज कम आउने लेखनाथ वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बेलुकी ५ बजेसम्म भोल्टेज कम आउने छ ।