दुलेगौंडा । ह्वाईट हाउस ब्याडमिन्टन क्लबले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु भएको छ । क्लबले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ खुल्ला ‘बि लेबल’, शुक्लागण्डकी स्तरीय ‘सि लेबल’ र तनहुँ जिल्ला स्तरीय ५० बर्ष माथिको भेट्रन्स ब्याडमिन्टन प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका संसद श्यामराजा महतले खेलकुदले व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । साथै खेलकै माध्यमबाट विश्वसामु राष्ट्रको पहिचान दिन सक्ने हुदाँ सरकारले पनि यस विषयमा विशेष जोड दिनुपर्ने बताए ।
स्थानीय तथा जिल्ला स्तरबाट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष बिष्णु रानाले बताए । उनका अनुसार प्रतियोगितामा प्राप्त केही रकम गरिब तथा विपन्न खेलाडीलाई सहयोग गर्ने बताए ।
क्लबका अध्यक्ष रानको् सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा शुक्लागण्डकी–३ का वडाध्यक्ष सञ्चिन भुजेल, वडानम्बर ५ का वडाध्यक्ष दीर्घ थापा, वडानम्बर ७ का वडाध्यक्ष खड्क सिं थापा, वडानम्बर १० का वडाध्यक्ष राजेन्द्र भट्टराई, वडानम्बर ११ का वडाध्यक्ष शालिकराम भट्टराई, वडानम्बर १२ का वडाध्यक्ष ईन्द्र गुरुट्ट, लायन्स क्लब अफ शुकलागण्डकीका अध्यक्ष खुम राई लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगिता आज र भोलि(भाद्र २३) सम्म ह्वाईट हाउस ब्याडमिन्टन हलमा हुनेछ ।