दुलेगौंडा । समाजिक कार्यमा क्रियाशिल रहेको लियो क्लब अफ खैरेनीटार–दुलेगौंडा मन्त्रले शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारमा रहेको शिव मन्दिरमा पानी ट्याङ्की हस्तान्तरण गरेको छ ।
मन्दिर परिसरमा पानी ट््याङकीको अभाव रहेको हुदाँ क्लबले मन्दिर व्यवस्थापन समितिलाई ट्याङ्की हस्तान्तरण गरेको क्लबका अध्यक्ष निरञ्जन श्रेष्ठले बताए । समाजमा रहेका समस्याको समाधान गर्नका निम्ती क्लब सधै अग्रसर भएर अगाडी बढ्ने बताए ।
क्लबका अध्यक्ष श्रेष्ठ लगायत लियोका सदस्यहरुले मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मी श्रेष्ठलाई उक्त ट्याङ्की हस्तान्तरण गरेका थिए ।