दुलेगौंडा । गण्डकी मन्टिपल कलेजले आयोजना गरेको ‘जिएमसि फुटसल रनिङ कप’ आजदेखि सुरु भएको छ । प्रतियोगिता नगरभित्रका कक्षा १२ मा अध्ययन गर्ने विद्यालयका विद्यार्थीविच हुने छ ।
विद्याथीको सर्वाङ्गीण पक्षको विकास गर्नुका साथै राष्ट्रियस्तरमा प्रतिशपर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्षयका साथ प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख लिलानाथ काफ्लेले बताए । उनले नगरपालिका भित्र पहिलो पटक गण्डकी मन्टिपल कलेजले कक्षा १२ मा अध्ययन गर्ने विद्यालयका विद्यार्थीबिच प्रतियोगिता आयोजना गरेको दाबि गरे ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी द्धितीय हुनेले नगद ३ हजार र तृतीय हुनेले नगद २ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । हालसम्म ७ विद्यालयका ८ वटा समुह सहभागि छन् । जसमा सुर्योदय माध्यमिक विद्यालय (क) र (ख), तलबेसी मा.वि, गाफा मा.वि, अरनिको मा.वि खैरेनीटार, ज्ञानबगैचा मा.वि, पञ्चमुनीदेव मा.वि र खैरेनी माध्यमिक विद्यालय सहभागि रहेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमित थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा लागयतको उपस्थिती रहेको थियो । प्रतियोगिता भुरुङ्गे स्थित फुटसल मैदानमा भईरहेको छ ।