दुलेगौंडा । यु–१९ साफ च्याम्पियसिपको केन्द्रिय छनोटमा शुक्लागण्डकीका ३ खेलाडी गण्डकी प्रदेशबाट सिफारीस भएका छन् । सिफारीस हुनेमा पूर्ण गुरुङ, प्रमिश मगर र संगम गुरुङ रहेका छन् ।
गण्डकी प्रदेशमा भएको छनोट चरणमा शुक्लागण्डकीका ३ सहित तनहुँका १७ खेलाडी सिफारीस भएका छन् । गण्डकी प्रदेशबाट १०५ जना केन्द्रिय छनोटमा सहभागि हुदै छन् ।
अखिल नेपाल फुटबल संघले साफ यु–१९ च्याम्पियनसिप २०२३ को लागि ४८ जिल्लामा छनोट प्रतियोगिता सुरु गरेको थियो । जिल्ला र प्रदेश छनोट पछि अब केन्द्रिय छनोट हुदै छ । केन्द्रिय छनोटमा परेका खेलाडी सुफ यु–१९ च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा रहने छन् ।