तनहुँ । नेपालको आईसीसी एक दिवसीय विश्वकप क्रिकेट खेल्ने सपना तुहिएको छ । नेदरल्यान्ड्सविरुद्धको निर्णायक खेलमा नेपालको कमजोर खेल प्रदर्शन गर्दा समुह चरणबाटै बाहिरीएको छ । जहाँ नेपाल नेदरल्यान्ड्ससंग ७ विकेटले पराजित भएको छ । यो संगै यस पटक विश्वकप खेल्ने नेपालको सपना सपनामा नै सिमित रह्यो ।
निर्णयक खेलमा टस हारेर ब्याटिङ्ग गरेको नेपालले ४५ औं ओभरमा अल आउट हुँदै नेदरल्यान्ड्सलाई १ सय ६८ रनको झिनो चुनौती दिएको थियो । उक्त लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा पुरा गर्दै जित हासिल गरेको हो ।
नेपालको तर्फबाट क्याप्टेन रोहित पौडेलले टिमका सबैभन्दा बढी ३३ रन बनाए । त्यसैगरी सन्दीप लामिछानेले २७ रन, ओपनर कुशल भुर्तेलले २७, भीम सार्कीले २२, गुलसन झाले १५, कुशल मल्लले १२ र दीपेन्द्रसिंह ऐरीले १४ रन र आरिफ शेख ६ रन बनाएका थिए । त्यसैगरी करन केसीले १ मात्रै रन बनाउन सके भने आसिफ शेख शुन्य रनमा नै आउट भए ।
नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ४ विकेट लिए भने विक्रमजीत सिंहले २ तथा वास डे लिडले २ र क्लाटन फ्लोयड तथा आर्यान दत्तले १÷१ विकेट लिएका थिए ।
नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओ डाउडले ९० रनको अर्धशतकीय ईनिङ खेले । बास डि लिडाले ४१ रन, अर्का ओपनर विक्रमजित सिंहले ३० रन, वेस्ली ब्यारी ३ रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिएका थिए ।