काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले पहिला बलिङ गरेको छ।
जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेपालले बलिङ रोजेको हो । नेपालले बलिङ रोजेपछि अमेरिकाले पहिले ब्याटिङ गर्दैछ ।