काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल टेस्ट राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएकाे छ ।
नेपालले दिएकाे २ सय ९१ रनकाे लक्ष्य घरेलु टाेली जिम्बावेले ४४ ओभर १ बलमा मात्रै २ विकेट गुमाएर भेटायाे । जिम्बावेका कप्तान क्रेग इरभाइन र सेन विलियम्सले शतक बनाए । इरभाइनले १ सय २१ र विलियम्सले १ सय २ रन बनाए । बलिङतर्फ साेमपाल कामी र गुलसन झाले १/१ विकेट लिए ।
हरारे स्पाेर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायाे । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान राेहित पाैडेलले ३१ रन बनाए । बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले ४ र वेलिङ्टन मस्कादाले २ विकेट लिए ।