दुलेगौंडा । परिवार र आफन्तको करिव ४५ लाख रुपैया ठगि गरेको आरोपमा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा घर भई हाल ललितपुरको ग्वार्को बस्ने सितादेवी बस्ताकोटी पौडेल पक्राउ परेकी छिन् ।
पिडित पोखरा–२४ कास्कीकोटका अर्जुन बस्ताकोटीले दिएको उजुरीको आधारमा अनुसन्धानकालागि उनलाई पक्राउ गरेको होे । उनलाई कास्की प्रहरीले बैशाख २४ गते पक्राउ गरि जिल्ला अदालत कास्कीमा बुझाएको थियो । उनलाई अदालतले तारेखमा छाडेको छ ।सितादेवी पिडित अर्जुनका आफ्नै दिदी हुन् ।
पिडित अर्जुनले गत फागुन २३ गते (केन्द्रिय अनुसन्धान ब्युरो) सीआईबीमा जोहरी दिएका थिए । उनले जाहेरी दिएको २ दिनपछि फागुन २५ गते व्यूरोले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सक्कलै जाहेरी दरखास्त र कागजात चलानी नं. ७१८३ राखि पठाएको छ ।
सितादेवीले विभिन्न व्यक्तिसँग ठगिगरि अकुत सम्पत्ती आर्जन गरेको भन्दै सम्पत्ती शुद्धिकरण विभागमा समेत उजुरी परेको छ । विभागले फागुन २८ गतेनै प्रारम्भिक जाँचबुझ अधिकृत तोकेर चलनी नं. १६–१–६८० राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।
सितादेवीविरुद्ध नक्कली कपाली तम्सुक बनाएको आरोपमा अर्को जाहेरी समेत परेको छ । उनले आफ्नै ८६ वर्षिय बुवा देवी प्रसाद बस्ताकोटीलाई ७५ लाख रुपैया दिएको तम्सुक बनाएको पिडितले बताएका छन् । देवी प्रसादको मानसिक स्वास्थ्यको फाइदा उठाउदै नक्करी तम्सुक बनाएको अर्जुनको आरोप छ ।
८६ वर्षिय देवी प्रसादले २०५१ सालदेखि मानसिक औषधी सेवन गर्दै आएको परिवारले जनाएको छ । दिर्घ मानसिक विरामी भएकोमा उनी पटक पटक अस्पतालमा भर्ना भएको अर्जुनले बताए । सो तमसुकमा आफ्नै आमा धर्मादेवी बस्ताकोटीलाई साक्षी राखिएको छ । झुटो तमसुक बनाएको भन्दै भाईहरु सुर्य बस्ताकोटी र अर्जुनले संयुक्त रुपमा जाहेरी दिएका हुन् । सो घट्नाबारे थप अनुसन्धान भइरहेको कास्कीका डिएसपी श्रवण विकले जानकारी दिए ।