काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।
डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने तेस्रो स्थानमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५–२०, १६२५, १५–२५ र १३–२५ को सेटमा पराजित गरेको हो ।
सेमिफाइनलमा काजाकस्तानसँग हारेपछि नेपालले उज्वेकिस्तानसँग तेश्रो स्थानका लागि खेलेको हो । उज्वेकिस्तान भने सेमिफाइनलमा भारतसित पराजित भएको थियो ।